Saturday, September 26, 2020
Home > समाचार > के कुलमानलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्रीले नै नमानेका हुन् त?

के कुलमानलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्रीले नै नमानेका हुन् त?

काठमाडौं । सोमवार बसेको मन्त्रीपरिषद बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन नियुक्त गर्ने आशा गरिएको थियो । तर सोमवार त्यसवारे कुनै निर्णय भएन । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहेका कारण कुलमानलाई पुन नियुक्त नभएको बताइएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकमा उनलाई नियुक्त गर्न ऊर्जामन्त्री वर्षमान पुनले विषय प्रवेश गराएपनि प्रधानमन्त्री ओलीले यसबारे कुनै निर्णय लिन मानेनन् ।

प्रधानमन्त्री ओलीले प्राधिकरणमा कार्यकारी निर्देशक बन्न प्रतिष्पर्धाबाट आउनुपर्ने विषय उठाए पछि कुलमानको पुन नियुक्ति नभएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले पनि सामाजिक सञ्जालमा त्यस्तै अभिब्यक्ति लेखेका छन् । उनले कार्यकारी निर्देशकका लागि कुलमानले नयाँ नियुक्तिको प्रकृयावाट आउनपर्ने भन्दै स्टाटस लेखेका छन् । यसवाट अब कुलमान विद्युत प्राधिकरणमा नआउने पक्का भएको शंकेत मान्न सकिन्छ ।

गएको मध्यरातबाट कुलमान प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा चार वर्षे कार्यकाल सकिइसकेको छ । उनको पुनः नियुक्ति नभएपछि निमित्तले चलाउन थालेका छन् । अब प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिमा प्रतिष्पर्धाबाट चयन गरिने तयारी भएको बुझिएको छ । यसैगरी, माइतीघर मण्डलामा सोमवार साँझ कुलमान घिसिङको पक्षमा नारावाजी भएको छ । सामाजिक सञ्जालमा पनि उनको पुनःनियुक्तिको दबाब बढिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहेका कारण कुलमानलाई पुन नियुक्त नभएको बताइएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकमा उनलाई नियुक्त गर्न ऊर्जामन्त्री वर्षमान पुनले विषय प्रवेश गराएपनि प्रधानमन्त्री ओलीले यसबारे कुनै निर्णय लिन मानेनन् । अब प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिमा प्रतिष्पर्धाबाट चयन गरिने तयारी भएको बुझिएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकमा उनलाई नियुक्त गर्न ऊर्जामन्त्री वर्षमान पुनले विषय प्रवेश गराएपनि प्रधानमन्त्री ओलीले यसबारे कुनै निर्णय लिन मानेनन् ।प्रधानमन्त्री ओलीले प्राधिकरणमा कार्यकारी निर्देशक बन्न प्रतिष्पर्धाबाट आउनुपर्ने विषय उठाए पछि कुलमानको पुन नियुक्ति नभएको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!