Wednesday, September 30, 2020
Home > अपराध > साधारण हात का’टेकाे बच्चाकाे अपरेशन भन्दै बिएण्डसी अस्पतालकाे बालककाे ज्यान लियो

साधारण हात का’टेकाे बच्चाकाे अपरेशन भन्दै बिएण्डसी अस्पतालकाे बालककाे ज्यान लियो

बिर्तामोड । अबोध बच्चाको ज्यान सग खेलेर अकुत रकम असुल उपर गर्न खोज्ने बि एन सि नहुदा पनि झापा इलाम पाचथर ताप्लेजुङका जनताको उपचार भएकै थियो । यस्तो कालो व्यापार गर्ने बिएन्सी को प्रचारको लागि सार्बजनिक ठाउमा वातावरण नै असहज देखिने गरि राखिएका होडिङ बोडहरु अबिलम्ब हटाइयोस ।

अबोध बालकको ज्यानसँग खेलबाड गरि ह त्या गरिएको छ यस्तो निन्दनिय कार्य गर्ने बि एन सि अस्पतालको घोर निन्दा गर्दै लापरबाही गरि ज्यान मा र्ने डाक्टरको लापरबाहीको लागि अबिलम्ब छानबिन समिती बनाइयोस भनि झापा जिल्ला प्रसासन, बिर्तामोड नगर पालिका इलाका प्रहरी कार्यलय बिर्तामोड, जिल्ला जनस्वास्थ्य कार्यलय झापा तथा इलामको ध्यान आकर्षक गराउन चाहन्छु ।

नोट :- बिएण्डसी प्राय भाइगिरीबाट चल्ने हुनाले कुनै अनलाइनमा यो समाचार आउन मुस्किल छ नुनुको सोझो गर्ने धेरै मिडिया मौन रहन्छ्न नै । अत : यो बच्चालाई हेरेर अलिकति पनि अन्याय भएकै होला जस्तो लाग्छ भने कृपया लाइक होइन सेयर गरिदिनु होला

जनक चाैलागाई काे फेसबुक वाललाई शेयर गर्दै गणेश भट्टराईकाे फेसबुक वालबाट ।

याे पनिः छाडा गाईबाच्छासँग मनाउन थालियो जन्मदिन

राष्ट्रिय जनावर भइकन सडकमा छाडा छोडिएका गाईबाच्छालाई जम्मा गरी आश्रय दिएको स्थलमा पुगी तिनलाई खान्की दिएर जन्मदिन मनाउनेको सङ्ख्या बढ्न थालेको छ । गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल भदौ २७ गते परेको आफ्नो जन्मदिन असहाय गाईबाच्छासँग मनाउन गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा निर्मित आश्रयस्थल पुग्नुभयो । गाईबाच्छा संरक्षण स्थलमा पुगी उहाँले दाना पिठो खुवाउँदै माया साट्नु भएको हो । उपप्रमुख नेपालले सडकबाट उद्धार गरी ल्याइएका गाईबाच्छाका लागि दाना पिठो र औषधोपचारका लागि रु छ हजार उपलब्ध गराउनुभयो ।

छाडा गाईबाच्छा संरक्षण गरेर अभियानले राम्रो काम गरेकाले व्यक्तिगत तवरबाट सहयोग गरी प्रोत्साहन गर्न आफू आश्रयस्थल पुगेको उहाँले बताउनुभयो । राजधानीको काठ क्षेत्रमा गाई फार्म बढेकाले तिनमा अनुगमन बढाउने, नगरपालिकाका तर्फबाट कानून बनाएर व्यवस्थित गर्न पनि आफूले नगर कार्यपालिका र नगरसभामा प्रस्ताव गर्ने उहाँको प्रतिबद्धता छ ।

गाईपालकले बाच्छा जन्मिएको एक दुई हप्तामै छाडा छोड्छन् । छाडा छोडेका गाईबाच्छाप्रतिको दायित्व निर्वाह गर्न गोदावरी सफाइ अभियानकर्मी बेवी राजभण्डारीले पनि आफ्ना पिता स्व बुद्धिमान राजभण्डारीको भदौ २७ गते परेको पुण्य तिथिका अवसरमा दाना पिठोका लागि रु दुई हजार हस्तान्तरण गर्नुभयो । यसैगरी भदौ २८ गते प्रणव पुडासैनी र २९ गते परेको प्रज्ञान पुडासैनीको जन्मदिनका अवसरमा अभिभावक परशुराम पुडासैनीले रु पाँच हजार संरक्षण अभियानलाई दिनुभयो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!