Sunday, September 27, 2020
Home > समाचार > काठमाडौं उपत्यकामा मात्र कोरोनाले यति धेरैकाे ज्यान गएपछि…

काठमाडौं उपत्यकामा मात्र कोरोनाले यति धेरैकाे ज्यान गएपछि…

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५१२ जनामा कोरोना संक्रमित थपिएका छन भने थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जना गरी जम्मा ५१२ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी काठमाडौंमा १ महिला र ५ जना पुरुष गरी ६ जनाको कोरोनाले मृत्यु भएको छ । त्यसैगरी भक्तपुर र ललितपुरमा १-१ जना पुरुषको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाले मृत्यु भएका १५ जनामध्ये ८ जना काठमाडौं उपत्यकाका रहेको मन्त्रालयले आजको नियमित लाइभ अपडेटमा जानकारी दिएको हो ।

यसअघि आइतबार (हिजो) काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जना गरी जम्मा ५९७ जना कोरोना संक्रमित थपिएका थिए । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५२ हजार ३२९ पुगेको छ । नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेकाे छ ।

पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३९ हजार ५७६ पुगेको छ । मन्त्रालयका अनुसार आइतबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ ४५ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!