Saturday, September 26, 2020
Home > भिडियो > भक्तपुर घटनामा संगै घर जोडिएकि छिमेकीले खुलाइन् यस्तो रहस्य, रुँदै दिइन् सनसनीपूर्ण बयान (भिडियो हेर्नुस्)

भक्तपुर घटनामा संगै घर जोडिएकि छिमेकीले खुलाइन् यस्तो रहस्य, रुँदै दिइन् सनसनीपूर्ण बयान (भिडियो हेर्नुस्)

काठमाडौ । एकै घरका तीन जना सहित कुकुरको पनि निधन भएपछि भक्तपुरको यो घटना रहस्यम देखिएको छ । केही दिन अघि नै एउटा घरका सबै सदस्यको निधन हुँदा पनि न छिमेकीले थाहा पाए न प्रहरीले । नयाँ पसल खोलेको केही दिनमै उनीहरुको निधन भएको हो । नयाँ पसल खोलेका कारण वरपरका छिमेकीले पनि त्यो थाहा पाएका थिए । पसल खोलेको भोलीपल्ट देखि नै उनीहरुको घरको ढोका खुलेन । निषेधाज्ञा भएका कारण पसल नखुलेको हुन सक्ने अनुमान छिमेकीले गरे । कोही पनि उनीहरुलाई बोलाउन गएनन् ।

घरमा श्रीमान श्रीमती र एक छोरा बस्थे । उनीहरुले एउटा कुकुर पनि पालेका थिए । घरमा भएका सबैको निधन भएको अवस्थामा फेला परेका हुन् । सोही घरको पुरुषको भाई बुहारी मासु किनेर छोड्न भन्दै जाँदा सबैको निधन भएको अवस्थामा देखेका थिए । देउरानी एक्कासी रुँदै र कराउँदै बाहिर निस्केको देखेपछि छिमेकी भेला भएका थिए । घर नजिकै यस्तो घटना भएपछि छिमेकी पनि डराएका छन् । उनीहरुले देउरानी आएर रुँदै बाहिर निस्केपछि मात्र आफुहरले सुनेको बताएका छन् ।

भक्तपुरको निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्रीमती सम्झना र यस वर्ष मात्रै एसइई परीक्षामा ‘ए’ ल्याएर उत्तीर्ण गरेका १५ वर्षीय छोरा सुशान्तको निधन भएको हो । उनीहरुले पालेको कुकुर पनि म रे को थियो । पसल सञ्चालन गरेका उनीहरु छिमेकीसंग त्यती घुलमिल हुने ब्यवहारका थिएनन् । उनीहरु आफ्नो काम गर्थे कसैसंग कुराकानी गर्ने र कसैको घरमा जाने आउने गर्ने पनि गर्थेनन् । त्यसैले उनीहरुलाई केही दिन यता बाहिर कतै निस्किएको नदेख्दा पनि कसैले वास्ता पनि गरेनन् ।

मथिनपा–६ कुण्डोल बस्ने सुदीपका भाइ सुनिल अधिकारी र उनको श्रीमती शुक्रबार अपराह्न दाजुको घरमा मासु पु¥याउन जाँदा दाजुका सबै परिवार मृ त देखेपछि घटनाबाहिर आएको थियो । अहिले घर नजिकै यस्तो घटना हुँदा टोलमा स्थानिय डराएका छन् । कुरा गर्दा पनि सबैको आँखामा आँशु आएका छन् ।

दिनरात जतिबेला पनि त्यो घटना याद आउँछ उनको घर नजिकै घर भएकी छिमेकी महिलाले भनिन् । उनले अधिकारी परिवारले कहिल्यै कसैसंग विवाद नगर्ने र उनीहरुका घरमा कहिल्यै विवाद भएको आफुले थाहा नपाएको बताएकी छन् । कोही विवाद गर्न आएको पनि थाहा छैन, उनीहरुले पनि कसैसंग विवाद गरेका थिएनन्, उनले भनिन्, आफने काम गर्ने कसैसंग धेरै घुलमिल नहुने स्वभावका थिए ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!