Tuesday, September 29, 2020
Home > भिडियो > भाइरल दिदी यस्तो अवस्थामा : प्र’हरीबाटै भयो यस्तो दु’र्व्य’वहार (भिडियो सहित)

भाइरल दिदी यस्तो अवस्थामा : प्र’हरीबाटै भयो यस्तो दु’र्व्य’वहार (भिडियो सहित)

चाबहिलको गोपीकृष्ण हल नजिक, ठेलामा तरकारी बिक्री गरेर जीविका गर्दै, परिवार पाल्दै आएकी, सरस्वती मैनाली, धेरै समस्या, सँगै बोकेर आफ्नो जिविका चलाइरहेकी छिन् । उनका पति बिरामी छन्, बच्चा साना छन्, गाउँ फर्किने ठाउँ छैन, आफू दैनिक औसधीको सहाराले मात्र सडकमा निस्किन सक्छिन् ।

तिनकै ठेलागाडा प्र’हरीले पल्टाउँछ र तराजु लु’ट्छ । स्तनमा क्या’न्सरको जो’खिम बढ्दै छ, किड्नी बिग्रेको छ र उनी ब्रुफिनका भरमा पसिना बगाइरहेकी देखिन्छिन् । कोरोनाको भ’यलाई आफ्नो पेट, परिवारको भोक र आश्रयको द’बाबले जितेको छ । यसप्रति हाम्रो सरकार, समाज र समुदायको के जिम्मेवारी हो भन्ने अहिलेसम्म प्रस्ट छैन ।

सरस्वती मैनाली त एक प्रतिनिधि पात्र मात्र हुन् । हाम्रो समाजमा कयौं सरस्वतीहरुले लकडाउन र निषेधाज्ञापछि पाएका पि’डाको कुनै लेखा जोखा नै छैन । सरकारले कोरोना रोकथामका लागि घोसणा गरेको लकडाउन र निषेधाज्ञाका कारण नेपालीको पि’डामा झन् पि’डा थपिएको छ ।

कोरोना भाइरस सं’क्रमणको असर अझै कति भोग्नु पर्ने हो भन्ने अझै अनिश्चित छ । सरकारले लकडाउन र निषेधाज्ञा थपेसँगै उद्योग व्यवसाय ठप्प छन् । मानिस रोजगार विहीन भएका छन् । हुँदा खाने वर्गको दिनहरु कठिन बनिरहेका छन् भने हुने खानेहरुको भान्सा पनि सहज छैन । लकडाउन र निषेधाज्ञाले सर्वसाधारणको दैनिकी झन् झन् ज’टिल बन्दै गइरहेको छ ।

हाम्रो समाजमा यस्ता हजारौं, लाखौं व्यक्तिहरु छन् जो भोकै बस्न बाध्य छन् । म’र्ने कि बच्ने दोसाँधमा छन् । तर यी ला’चार, गरिब, असहाय, मजदूरलाई बिर्सिएर सरकार भने मुखदर्शक बनेर बसीरहेको छ । दिनभरि काम गरेर साँझको छाक टार्न नसक्ने यिनको पि’डा कसले बुझीदिने ? आज हामीले सरस्वती मैनालीलाई भेटेर उनको संघर्ष र दु:खको कथालाई प्रस्तुत गरेका छौँ । अनेकौं समस्याबाट गुज्रिरीरहेकी सरस्वती मैनालीको जीवनलाई हामीले नजिकबाट नियाल्ने प्रयास गरेका छौँ ।

यस सम्बन्धि भिडियो रिपोर्टः

यो पनि पढ्नुस्

काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो हुने भएको छ । तीनै जिल्लका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले उपत्यकाका निषेधाज्ञाका मोडालिटी परिवर्तन गरेका हुन् । मंगलबार नै तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमोदनका लागि गृहमन्‍त्रालयमा पठाएको मोडालिटी स्वीकृत भएको छ ।

केही बेरमा तीनै जिल्ला प्रशासनले खुकुलो व्यवस्थासहितको निषेधाज्ञा जारी गर्दैछन् । मंगलबार काठमाडौं उपत्यका नगरपालिका मेयर फोरम, उद्योगी सुरक्षा निकायसँग भर्चुअल छलफलपछि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको बिषयमा औपचारिक छलफल गरेर गृहसमक्ष खुकुलो पार्न प्रस्ताव गरेका थिए।

नयाँ मोडालिटी अनुसार निजी सवारीलाई जोर विजोर चल्न दिने, दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने गरी निषेधाज्ञाको नयाँ मोडल प्रस्ताव गरिएको हो । तर होटल रेष्टरेन्ट, सिनेमा हल, क्लब तथा अन्य मनोरञ्‍जन स्थल भने बन्दै रहने छन् ।

निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जु’लुस गर्न, भी’डभा’ड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भी’डभा’ड हुने काम गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन ।

समाचार रङ्गिन टिभीमा प्रकाशित छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!