Saturday, September 26, 2020
Home > अपराध > कोरोना कहरमा विराटनगर सीमाना गो’ली चल्यो!

कोरोना कहरमा विराटनगर सीमाना गो’ली चल्यो!

विराटनगर । विराटनगरका एक युवक माथि भारतको जोगवनीमा गो’ली प्रहार भएको छ । प्रहरीका अनुसार ला’गुऔ’षध सेवन गर्दै आएका विराटनगरका १२ रोडशेष चोकका २४ वर्षीय बासु भनिने दीपक मण्डल नाकामा परिचालित प्रहरीलाई छल्दै भारततर्फ गएको र भारतीय युवासँग विबाद हुँदा गो’ली प्रहा’र गरेको पाइएको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर मानिसको आवतजावतलाई पूर्ण रुपमा रोक लगाइएको समयमा सुटुक्क नाकाको प्रहरीले पनि थाहा नपाउनेगरी भारत छिरेका युवकलाई अन्दाजी २५(३० वर्षीय मुकेश यादवले पे’स्तो’लबाट गो’ली प्रहा’र गरेको खुलेको छ ।

गो’ली प्रहा’रबाट घाइते युवक दिपकको दायाँ खुट्टाको औंला प्वाल परेको छ भने अन्य स्थानमा पनि चोट लागेको छ । घटना हुनुअघि दशगजा नजिकै भारततर्फ यादव केही साथीहरुसँग क्यारम खेलेर बसिरहेको र पुग्नसाथ विवाद गरेर आफूमाथि गो’ली प्रहा’र गरेको मण्डलले प्रहरीलाई बताएका छन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले गो’ली प्रहा’रबाट मण्डलको दायाँ खुट्टाको औंलामा चोट लागेको बताए ।

सीमामा बढ्दै सुरक्षा

सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएको क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै गएको छ । भारतसँग सीमा जोडिएको जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरी बलको सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने भएको छ । चालु आर्थिक वर्षमै जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरीको बिओपी स्थापनाको काम अघि बढेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीले जनाएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिकाको विनायक घाट र धर्मघाट तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा बिओपी स्थापनाको तयारी भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सीमा क्षेत्रमा हुनसक्ने विभिन्न खालका आपराधिक गतिविधि रोक्नका लागि सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाउँदै लगेको हो ।”

बैतडीको भारतसँग ६१ किलोमिटर सीमा जोडिएको छ । सीमा जोडिएको क्षेत्रको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर सशस्त्र प्रहरीले जिल्ला तीन ठाउँमा बिओपी स्थापना गरिसकेको छ । जिल्लाको झुलाघाट नाका, पञ्चेश्वर रोलघाट र शिवनाथको कुस्मौत घाटमा सशस्त्र प्रहरीले बिओपी स्थापना गरेर सेवा दिइरहेको छ ।

सीमा क्षेत्रमा हुने अ प रा ध न्यूनीकरण, सीमा क्षेत्रबाट हुने तस्करी, मानव बेचबिखनलगायतका घटनामा रोक लगाउनका लागि सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाउँदै लगेको प्रहरी नायब उपरीक्षक शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “तत्कालका लागि भौतिक संरचनाको अभाव भए पनि सशस्त्र प्रहरीले भाडाका भवन बसेर समेत सेवा दिइरहेको छ ।”

विस २०७५ मा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मको बैतडीमा स्थापना भएको थियो । उक्त गुल्म सदरमुकामस्थित गढीमा रहेको छ । त्यसपश्चात यही भदौ २५ गते भारतसँग सीमा जोडिएको बैतडीको शिवनाथ गाउँपालिका–१ स्थित कुस्मौत घाट, गत असार १६ गते पञ्चेश्वर गाउँपालिकाको रोलघाट र गत जेठ १० गते सीमानाका झुलाघाटमा बिओपी स्थापना भएको थियो ।

कोरोना भाइरससँग लडिरहेको सरकारले सशस्त्र प्रहरीलाई देशभरका भारतसँग सीमा जोडिएका क्षेत्रमा खटाइसकेको छ । नेपालतर्फको सीमा नाकामा भारतको ५३० बिओपी रहेका छन् । नेपाल सरकारले पनि सोहीअनुपातमा बिओपी थप्ने तयारी गरेको हो । सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा पाँच सय पुर्याउने तयारी गरेको छ । कोरोनाका कारण सीमा सिलपछि विस्तार गरिएका अस्थायी पोष्टलाई बिओपीमा रूपान्तरण गर्ने सरकारी तयारी रहेको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!