Saturday, September 26, 2020
Home > समाचार > दुःखद खबरः नेपालकै राष्ट्रिय ध्वाजाबाहक क्याप्टेन बिजय लामालाई कोरोना संक्रमण

दुःखद खबरः नेपालकै राष्ट्रिय ध्वाजाबाहक क्याप्टेन बिजय लामालाई कोरोना संक्रमण

काठमाडौं ।

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । नेपाल एयरलाइन्स स्रोतका अनुसार हिजो आएको उनको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै उनलाई कोरोना स.क्रमणको पुष्टि भएको हो ।

शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किए लगत्तै गरिएको परिक्षणका क्रममा क्याप्टेन लामालाई संक्रमणको पुष्टि भएको हो ।

उनीसँगै रहेका अर्का क्याप्टेनलाई पनि संक्रमणको पुष्टि भएसँगै उनीहरु दुवै जना होटल सोल्टीको आइसोलेसन कक्षमा बसेका छन् ।

यसअघि पनि नेपाल एयरलाइन्सका ठूलो संख्यामा उडान कर्मचारीहरु होटल सोल्टीमा नै बसेर निको भएर घर फर्किएका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!