Friday, September 18, 2020
Home > समाचार > प्रधानमन्त्रीलाई नायिका गौरी मल्लले गरिन यस्तो आग्रह!

प्रधानमन्त्रीलाई नायिका गौरी मल्लले गरिन यस्तो आग्रह!

नायिका गौरी मल्लले पछिल्लो समयमा सामाजिक संजालमाफर्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै विभिन्न बिषयमा आग्रह गरिरहेकी छिन् । कहिले भारत फर्किएका नेपालीको दुःख वुझ्न नसकेको भन्दै प्रधानमन्त्रीसँग गुनासो गरेकी गौरीले कहिले देशको अवस्थालाई लिएर आफ्नो भनाई सार्वजनिक गरिरहेकी छिन् ।

राष्ट्रिय बाल दिवसको अवसरमा प्रधानमन्त्रीसँग गौरीले बालबालिकालाई चन्दन बनाउन आग्रह गरेकी छिन् । गौरी लेख्छिन्–‘टेलिभिजनको स्क्रिनमा सरकारले बालबालिकालाई अभिभावकत्व प्रदान गर्छ भन्ने प्रधानमन्त्रीज्यूको सन्देश हेर्न पाइयो । तर, विगत धेरै बर्ष यतादेखि तपाइको मुलुकका कुनै पनि बालबालिकाहरुले यहाँले दिनुभएको सन्देश अनुभुती गर्न त के सोच्न सम्म पनि पाएका छैनन् ।

यो कुराको जानकारी होला प्रधानमन्त्रीज्यूलाई ? मलाई लाग्छ यहाँ पक्कै पनि यस्ता सानातिना, झिनामसिना कुराबाट अनविज्ञ नै हुनुहुन्छ । होइन भने, यस्तो अभिव्यक्तिले दुनियाँ हसाउँनु बाहेक अरु केही पनि मुलकुलाई प्राप्त हुने छैन ।’

उनी अगाडि लेख्छिन्–‘प्रधानमन्त्रीज्यू, बिडम्बना त यो छ कि, मुलुकमा नीतिनियम, कानुन, व्यवस्थापन, कार्यक्रम आदि विभिन्न प्रयोजन बन्छन् र सिंहदरबारको कुनै फाइलमा कैद हुन्छन् अनी सदा झै जनतामाझ पुग्छ केबल सान्तवना र असिमित पीडाहरु । यो भन्दा बढी म के लेखुँ ।’ गौरीले यो देशका भविष्य बालबालिकालाई खुर्पाको बिड होइन चन्दन बनाउन अपिल गरेकी छिन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!