Friday, September 18, 2020
Home > समाज > कोरोनाले लग हुन्थ्यो भन्दै थिइन, एकाएक ११ बर्षकि मानसीले यसरी गरिन् देहत्याग!

कोरोनाले लग हुन्थ्यो भन्दै थिइन, एकाएक ११ बर्षकि मानसीले यसरी गरिन् देहत्याग!

सुनापति गाउँपालिका-३, हिलेदेवी (आरूखर्क टाेल), रामेछापकि कक्षा ६ मा अध्ययनरत ११ बर्षिया मानसी मोक्तानले देहत्याग गरेकि छिन् । काेराेनाकाे महामारी भएपनि हिलेदेवीकाे श्री पशुपति उच्च माविले बारअनुसार कक्षा मिलाएर कक्षा सञ्चालन गरेकाे थियाे । कक्षा ६ मा पढ्ने मानसीकाे कक्षामा अलि धेरै विद्यार्थी भएकाले दिन बिराएर कक्षा हुने गर्दथ्याे । सधैँ झैं बिहीबार पनि उनी विद्यालय गइन् । अघिल्लाे दिन दिएकाे गृहकार्य सबैले झैँ उनले पनि शिक्षकलाई बुझाइन् ।

दिउँसाे २ बजेसम्म पढेर विद्यालयले दिएकाे गृहकार्यसहित उनी घर गइन् । विद्यालयका प्रधानाध्यपक तिलक कुमार बलका अनुसार उनी मध्यम खालकी विद्यार्थी हुन् । विद्यालयका अनुसार उक्त दिन पनि अन्य दिनजस्तै सामान्य अवस्थामा पढेर १० मिनेट नजिकैकाे घर गएकी थिइन् ।

घरभन्दा केही वर मामाघर पर्छ । जाँदाजाँदै मामाघरमा केहीछिन टिभी हेरिन् । मामाकी छाेरी पनि सँगै पढ्ने भएकाले दिदी-बहिनीले केहीबेर टिभी हेरे । त्यसपछि मानसी भने घर गइन् ।

खेती किसानी गर्ने बाबु कान्छा माेक्तान र आमा ढाेल्माे माेक्तान छाेरीलाई खाजा खान अह्राएर घरजनिकैकाे भैँसीगाेठ गए । त्यसाे त उनलाई पनि गाेठमा हिँड नभनेका हाेइनन् तर मानसीले टाउकाे दुखेकाे छ म खाजा पनि खान्न सुत्छु भनेपछि बाबु-आमा छाेरीलाई घरमै छाेडेर गाेठतिर लागे ।

छिमेकी बिमला ग्यापकका अनुसार मानसी कान्छा र ढाेल्माेकी दुई छाेरा दुई छाेरीमध्ये अलि पछि जन्मेकी कान्छी छाेरी थिइन् । दु:खै गरेर भएपनि बाबु-आमाले मानसीलाई लत्ताकपडादेखि खानपिन खाजादेखि लेख-पढकाे लागि कञ्जुस्याइँ गरेका थिएनन् ।

तर के भयाे के भयाे त्याे दिन गाेठधन्दा गरेर साँझ ६ बजेतिर बाबु-आमा घर पुग्दा कल्पनै नगरेकाे घटना देख्नु र भाेग्नु पर्‍यो । छाेरी मानसीलाई घरभित्र आमाकाे पछ्याैरामा दलिनमा झु ण्डि’एर मृत भइसकेकाे भेट्दा बाबु-आमा हाेस् हवासै उड्याे ।

न परिवारले गाली गरेकाे न कु’टपि’ट । न विद्यालयमा कुनै दबाब, न गृहकार्यकाे ।

त्यसाे त केही दिनदेखि बालिकाले भक्तपुरतिर जान पाएनि हुन्थ्याे । काेराेना लागेर मर्न पाएपनि हुन्थ्याे । म त मरेनी हुन्थ्याे जस्ता कुराहरू बाराम्बार गर्ने गरेकाे पारिवारिक स्राेतले जनाए । तर त्यस कुरालाई बाबु-आमा परिवारका सदस्यहरूले खासै वास्ता गरेनन् । केटाकेटी के-के साेच्छन् नि भन्ने लाग्याे सायद । यस्तो सोच किन आयाे, कसरी यस्तो आयाे त ?

शुक्रबार बिहानै जिल्ला प्रहरी रामेछापकाे टाेलीले मुचुल्का उठाएर मन्थली पुर्‍याएर पाेष्टमार्टम गरि परिवारका सदस्यहरूलाई साेधपुछ गर्दा त्यस्ताे कुनै अन्य आशंका गर्ने संकेत नमिलेकाे जिल्ला प्रहरी प्रमुख डिएसपी बसन्त पाठकले जानकारी दिए ।

बिहीबार विश्व देहत्याग राेकथाम दिवस मनाइरहँदा रामेछापमा एघार वर्षकी बालिकाले देहत्याग गर्न पुगिन् । याे त एउटा पछिल्लाे घटना मात्र हाे । वर्षमा कयाैँ बालबालिकाहरूले अनाहक र अन्जानमै ज्यान गुमाइरहेका हुन्छन् ।

सामान्य अर्थमा आफैंले आफ्नो ह ‘त्या गर्नुलाई देहत्याग भनिन्छ । प्रायः मा’नसिक त’नाव तथा पी’डा थेग्न नसकी बाँच्नुभन्दा म’र्न सजिलो ठानेर मानिसले देहत्याग गर्छन् । तर यस किसिमको पी’डा नहुँदा पनि मानिसले रिसको आ’वेगमा देहत्याग गरेको पनि पाइन्छ । कतिपय देशमा देहत्याग तथा देहत्याग को कोसिस सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अपराध मानिन्छ ।

फुर्सदकाे समयमा घरायसी काममा सघाउँथिन मानसी: के साेच्छन् बालबालिका

हिजोआज स्कुले बालबालिकाले देहत्याग गरेका खबर बाहिर आउने क्रम बढ्दो छ । केटाकेटीको भावनात्मक कमजोरी बढ्दै जाँदा अथवा अहिलेका केटाकेटीले जीवनमा चुनौतीसँग ल’ड्न नसकेर हो अथवा चुनौतीको प्रकृति नै ग’म्भीर बनेर हो यस्ता दुःखद् एवं अकल्पनीय घटना हुने गरेका हुन् । यसबारे अभिभावक, शिक्षक एवं समुदाय र देशका प्रबुद्ध वर्ग सचेत हुनुपर्ने देखिन्छ ।

हरेक वर्षको सेप्टेम्बर १० तारिखमा विश्व देहत्याग दिबस मनाउने गरिन्छ । यो दिबस विश्वभरका मानिसहरुमा देहत्याग को विषयमा जागरुक गराउन मनाउँदै आएको पाइन्छ ता कि कोही कसैले पनि देहत्याग गर्ने सोच नगरुन् ।

पछिल्लो समय विश्वभर नै देहत्याग को दर बढ्दै गएको पाइन्छ । त्यसले यसबारेमा सजगता अपनाउन अत्यन्तै जरुरी छ । हाम्रो समाज एकोहोरो रूपमा आफ्नो सोच, इच्छा र तर्कलाई मात्र प्राथमिकताका साथ केटाकेटीमा लाद्ने तर केटाकेटीको वस्तुस्थितिलाई आकलन गर्ने, बुझ्ने अथवा बालमनोविज्ञान बुझ्ने गरेको त्यति पाइँदैन ।

उमेरअनुसारको शारीरिक, मानसिक, भावनात्मक एवं सामाजिक परिवर्तन आउँछन् र सो परिवर्तनसँग अभिभावकले आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ अन्यथा अभिभावक र बालबालिकाबीचको सम्बन्धमा अस्वस्थकर रूपले दूरी बढ्दै जान सक्छ । यस्तो दूरीले केटाकेटीलार्ई अझ स्वकेन्द्रित एवं दमित बनाउँदै लैजान्छ । फलस्वरूप आफ्ना इच्छा र भावनालाई दबाउने, लुकाउने क्रममा विभिन्न घटना, दुर्घटना हुने सम्भावना बढी हुन्छ । तसर्थ अभिभावकले पनि आफ्ना केटाकेटीलाई पढाइ सीपमात्र होइन भावनात्मक अभिव्यक्त सीप पनि सिकाउनुपर्छ ।

विद्यालयले पनि केटाकेटीका व्यवहारलाई सुधार्ने वैज्ञानिक विधि अथवा मनोवैज्ञानिक परामर्श सेवा अवलम्बन गर्नुपर्दछ । तर दुःखको कुरा विद्यालयहरूमा बालमनोविद् एवं काउन्सिलिङ राख्नुपर्छ भन्ने सोचको विकास हुन अझै सकेको छैन । एकोहोरो किताब रटाउने र यति प्रतिशत, उति प्रतिशतको होडबाजीको सिकार बालबालिका बनेका छन् । बालबालिकाको चौतर्फी विकासतर्फ न अभिभावक सचेत बन्ने गरेको पाइन्छ न त विद्यालय नै । केही विद्यालयलाई छाडेर भन्ने हो भने अधिकतम विद्यालयले पठन पाठनलाई बढी मात्रामा जोड दिने क्रममा अन्य पक्ष ओझेलमा पारेका छन् । विद्यालय न त जेल हो, न त थुनेर राख्ने घर । विद्यालयको वातावरण स्वतन्त्र रूपले शिक्षकसँग बोल्ने, आफ्ना कुरा र कठिनाइलाई राख्ने अनि डर-त्रास बिना आफ्ना समस्याको समाधान खोज्न सहजीकरण गरिदिने हुनुपर्छ । यस्तो व्यवस्था मिलाउने विद्यालय आजको आवश्यकता हो ।

आजका बालबालिका उमेरभन्दा छिट्टै परिपक्व हुँदैछन् साथै सं’कट र चुनौती पनि निकै गम्भीर बनेका छन् । केटाकेटीको पढाइलेखाइ पक्षभन्दा महत्वपूर्ण पक्ष उनीहरूको सोच, भावना, आदत अथवा सम्पूर्ण मनोविज्ञान हुन्छ । त्यो मनोविज्ञानलाई पन्छाएर अथवा बेवास्ता गरेमा हाम्रा प्रयासहरू र अपेक्षा शून्यमा परिवर्तन हुनेछन् । किनभने हिजोआजका किशोरकिशोरी विज्ञान र प्रविधिले निकै स्मार्ट छन् तर हामी पुरानै परिपाटी लाद्न खोज्छौं ।

किन गर्छन् देहत्याग

संसारभर बढी देहत्याग हुने मुलुकहरूमध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पुरुषको तुलनामा महिलाले धेरै देहत्याग गर्ने गरेका छन् । देहत्याग गर्ने महिलाको तथ्यांकलाई हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्छ । नेपालमा बर्सेनि औसत आठ हजार ६ सय ४० जना मानिसले देहत्याग गर्ने गरेका छन् । यो संख्या अझ बढी हुने सक्ने मानसिक रोग विशेषज्ञहरूको दाबी छ ।

मानसिक समस्याका मुख्य दुईवटा कारणहरु हुन्छन् । एउटा वंशाणुगत, अर्को वातावरणीय । धेरै ठाउँमा भने यी दुईवटाको अन्तक्रिया हुन्छ । तर स्कुलमा वा घरमा कहिलेकाहीँ बुवाआमाको झ’गडा, साथीभाईको प्रेसर, साथीभाईले गिज्याउने, धेरै दुख दिने जस्ता कुनै पनि चिजले धेरै त’नाव दियो भने त्यसले पनि मानसिक समस्या सिर्जना गर्न सक्छ । कसैको वंशाणुगत कारण पनि हुन सक्छ । वंशाणुगत कारण छ भने साधारण मान्छेले सामना गर्न सक्ने तनाव उसले सामना गर्न सक्दैन । त्यस्तो अवस्थामा एक दुई हप्तामा तङ्ग्रिनुको सट्टा झन अवस्था बिग्रन्छ । कहिलेकाहीँ वंशाणुगत कारण नै नभए पनि त’नाव धेरै भयो भने त्यतिकै पनि मा’नसिक समस्या हुन सक्छ ।

देहत्याग आफैमा मानसिक रोग होइन । यसका कारणहरुमा डि प्रेशन, बाइपोलर डिसअर्डर, पर्सनालिटी डिसअर्डर, अचानक कुनै गम्भीर घटनाको प्रभाव तथा तनावहरु पर्छन् । यस्ता समस्याहरुबाट गुज्रिरहेका मानिसहरु उदास हुन्छन् । र उनीहरुको मनमा हरेक पल नकारात्मक सोच पैदा भइरहेको हुन्छ । उनीहरु यसै सिलसिलामा कहिले काँही आफूलाई निकै एक्लो महसुस गर्छन् र मनमा देहत्याग को बारेमा सोच्न पुग्छन् ।

देहत्याग जस्तो अत्यन्तै भयानक कदम कुनै पनि व्यक्तिले अचानक उठाउन सक्दैन । यसभन्दा अगाडि उक्त व्यक्तिमा केही संकेतहरु देखापर्छन् । जस्तो कि बारम्बार रिसाउने, सधैँ उदास हुने, मुड स्विंग हुने, भविष्यलाई लिएर अत्यधिक शसंकित रहने, निन्द्रा नलाग्ने हुन्छ । यस्तो समयमा उनीहरु निकै मानसिक उतार चढावको महसुस गरिरहेका हुन्छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!