Thursday, October 1, 2020
Home > समाचार > घरभाडा नदिएको भन्दै नेपाल प्रहरीका सईले डेरावालामाथि गरे हा तपा त

घरभाडा नदिएको भन्दै नेपाल प्रहरीका सईले डेरावालामाथि गरे हा तपा त

काठमाडौं, २६ भदौ । प्रहरीका सई प्रकाश कार्कीले नै महामारीको बेलामा डेरामा बस्ने डेरावालामाथि समयमा भाडा नदिएको भन्दै हा तपा त गरेका छन् । बौद्ध क्षेत्रमा भाडामा लगाउनका लागि छुट्टै घर बनाएका सइले कोरोना माहामारीको समयमा भाडा तिर्न नसकेको भन्दै कु टपि ट गरेका छन् ।जनतालाई शान्ति सुरक्षा दिने पदमा बसेका मानिसले नै पदीय दायित्वलाई नै भुलेर आफ्नै घरमा डेरा गरेर बस्ने सामान्य नागरिक माथि दू व्र्यव हा र गरेका छन् ।

प्रहरीका सई कार्की र उनका बुबा समेतले बौद्धमा रहेको घरमा डेरा गरेर बस्ने सिन्धुपाञ्चोक घर भएर काठमाडौँमा मजदुरी गर्दै आएका विक्रम तामाङलाई कु टपि ट गरेका हुन । काठमाडौँमा गाडी चलाउदै आएका विक्रमको कोरोना महामारी फैलन सक्ने भन्दै सरकारले गरेको लकडाउनका कारण आफ्नो रोजीरोटी गुमाए ।

जसले गर्दा उनी आर्थिक रुपमा कमजोर बने, समयमा भाडा दिन सकेनन् । सोही भाडा तिर्न नसकेकाके भन्दै कार्कीका बाबु छोरा नै आएर तामाङलाई ल छा रप छा र पारे । उनीहरुको कु ट पि टको कारण तामाङको छाती र जिब्रोमा चो ट समेत लाग्यो । त्यतिमात्र नभइ उनीहरुले विक्रमको कोठामा रहेको मोबाइल र उफर समेत लु टे ।

नेपाल प्रहरी रहेको आँडमा प्रकाश कार्कीले डेरावाला माथि चरम दू व्र्य वहा र गरेका छन् । ६ महिनादेखि रोजीरोटी गुमेका विक्रमले भएपछि भाडा दिन्छु भनेका छन् । तर अप्ठारोमा परेका विक्रमलाई प्रहरी घरबेटीले नै झन् अप्ठारोमा पारेका छन् ।

खाना खाने समेत पैसा नभएर दिदीको घरमा गएर खाना खादै उनको पीडामा नेपाल प्रहरीको गर्विलो पदमा बसेका घरबेटी कार्कीले सहयोग गर्नुको साटो समस्या नै निम्त्याइदिए ।डेरामा बसेका आफ्ना डेरावालमाथि कु ट पि ट गर्ने कार्की अहिले भाडा उठाइदिन भन्दै प्रहरीकोमा उजुरी दिन पुगेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!