Monday, September 28, 2020
Home > राशिफल > ०७७ साल भदौ २७ गते ईश्वी सन् २०२० सेप्टेम्बर १२ तारिख शुनिबार हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

०७७ साल भदौ २७ गते ईश्वी सन् २०२० सेप्टेम्बर १२ तारिख शुनिबार हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

मिति २०७७ साल भदौ २७ गते ईश्वी सन् २०२० सेप्टेम्बर १२ तारिख शुनिबार हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष – मान सम्मान बढ्नेछ । व्यवसायमा राम्रो योग देखिन्छ । आम्दानीको श्रोत बढ्नाले आर्थिक समस्या टर्नेछ । नोकरीमा लाभ एवं राजनीतिबाट फाइदा हुनुका साथै साताको अन्त्यमा भने खर्च बढ्ने र पारीवारिक समस्या हुनेछ ।

वृष– वैदेशिक काम बन्नेछ । घुमफिरको अवसर पाइनेछ । ठूलाबडाबाट आश्वासनका साथै प्रद प्रतिष्ठामा वृद्धि हुने देखिन्छ । साताको अन्त्यमा भने आकश्मिक लाभ प्रियजन भेटघाट र आफन्तबाट फाइदा मिल्नेछ ।

मिथुन – स्वास्थ्यमा समस्या आउनेछ । आफ्नाबाट धोका मिल्नेछ । साताको मध्यमा विदेश यात्राको सम्भावना रहेको छ । भाग्यले साथ दिनाले अधुरा काम बन्नेछन् । साताको अन्त्यमा राजनीतिक फाइदा र जिम्मेवारी एवं आत्म प्रशंसा बढ्ने देखिन्छ ।

कर्कट– धनको सहयोग पाईनेछ । व्यापारमा फाइदा मिल्नेछ । प्रेमीप्रेमिकाबीच सम्बन्ध सुध्रिनेछ । साताको मध्यमा भने अपमान आउन सक्नेछ । स्वास्थ्यको समस्याले खर्च बढ्ने देखिन्छ भने साताको अन्त्यमा अधुरा काम बन्नेछ । विदेशभ्रमणकाे अवसर मिल्ने संभावना छ ।

सिंह– साताकाे शुरूमा समस्या पर्न सक्छ । शत्रुहरुबाट बच्नुपर्ने देखिन्छ । स्वास्थ्यमा भने सुधार हुनेछ । स्त्रीबाट सहयोग मिल्नेछ । वैवाहिक कुराकानी चल्नेछ । साताको अन्त्यमा भने मानसिक तनाव बढ्ने र गरेको काम बिग्रिन सक्छ ।

कन्या– विद्यामा सफलता मिल्नेछ । सन्ततिबाट सहयोग पाइनेछ । मुद्दामामिलामा आफ्नो पक्षमा काम हुनेछ । आलोचकहरु तह लाग्नेछन् । साताको अन्त्यमा भने सानो यात्रा र आफन्तजनसँग भेटघाट हुनेछ ।

तुला– मनमा अशान्ति एवं तनावले पिरोल्नेछ । पारीवारिक समस्याले सताउनेछ । घरायसी मनमुटाव बढ्नेछ । सन्तानको चिन्ताले खर्च बढ्नेछ । व्यापारमा भने फाइदा हुनेछ । साताको अन्त्यमा विरोधीले काम बिगार्न सक्छन् ।

वृश्चिक– उत्साह बढ्नेछ । दाजुभाईबाट फाइदा मिल्नेछ । साताको मध्यमा समस्या बल्झिनेछ । काम अधुरा रहनेछन् । घरायसी झन्झट बढ्नेछ । साताको अन्त्यमा धन प्राप्तिको योग छ । सन्तानबाट सुख बढ्ने र बौद्धिक क्षमता बढ्नेछ ।

धनु – पारीवारिक भेटघाट हुनेछ । मीठो भोजनको अवसर मिल्नेछ । अचानक धन सम्पति प्राप्ति हुनेछ । आफन्तबाट सहयोग पाइनेछ । छाेटाे यात्रा हुनेछ । साताको अन्त्यमा भने स्वास्थ्यले बाधा तथा मनमा अशान्ति तथा पारीवारिक झै झगडा हुनेछ ।

मकर – प्रेममा मनमुटाव आउनेछ । काममा सन्तुष्टि मिल्दैन । खर्च बढ्नेछ । शरीरमा कमजोरीपन आउनेछ । केही सरसामान हराउन सक्ने तथा यात्रामा झन्झट आउनेछ । साताको अन्त्यमा भने आकश्मिक लाभ तथा व्यापारमा राम्रो प्रतिफल मिल्नेछ ।

कुम्भ – नोक्सानी व्यहाेर्नु पर्नेछ । धनको चिन्ता हुनेछ । आफन्तबाट धोका मिल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ । साताको मध्य तथा अन्त्यमा भने पारीवारिक सुख एवं व्यापार व्यवसायबाट राम्रराे आम्दानी हुनेछ । आर्थिक सहयोग पाइनेछ ।

मीन – संगीतमा रुचि जानेछ विद्यामा प्रगति हुनेछ क्षमताको कदर पाइनेछ । मनमा द्विविधा बढ्नाले काम अधुरो रहनेछ । राजनीतिमा सफलता मिल्ने तथा नोकरीमा पदोन्नतिको सम्भावना एवं गरेको काममा प्रशंसा मिल्नेछ । साताको अन्त्यमा भने यात्रा तथा धार्मिक रुचि बढ्नेछ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!