Wednesday, September 30, 2020
Home > समाचार > जलबिरे पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रु र सवारी अलपत्र

जलबिरे पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रु र सवारी अलपत्र

चितवन । पहिरो खसेपछि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक आज बिहान ८ बजेतिर पहिरो खस्दा सडकखण्ड अबरुद्ध बनेको हो ।

सडक बन्द भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका स्थानमा जाने तथा नारायणगढतर्फ आउने सवारी साधन बीच बाटोमै अलपत्र बनेका छन् । अहिले सडक खुलाउन प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!