Tuesday, September 29, 2020
Home > समाचार > दशैं नजिकिँदै गर्दा भर्खरै आयो खुशीको खवर ।

दशैं नजिकिँदै गर्दा भर्खरै आयो खुशीको खवर ।

काठमाण्डौ – विश्वभर कोरोनाका सँक्रमणका कारण यति धेरै जनाकाे ज्यान गएकाे अवस्था छ । नेपालमा यातायात व्यवसायीले सरकारले अनुमति नदिए विद्रोह गरेर भए पनि आगामी असोज १ गतेदेखि लामो रुटका सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन्। व्यवसायीले यातायात मजदुरहरु रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएको भन्दै असोज १ गतेदेखि लामो रुटका सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रि«य महासंघको अगुवाइमा तीनवटै यातायात मजदुर संगठनका प्रतिनिधिले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई ध्यानाकर्षण गराउँदै लामो रुटका सार्वजनिक यातायात सञ्चालन गर्ने जानकारी गराएका छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारले निषेधाज्ञाको विकल्प नखोजेको खण्डमा असोज १ गतेदेखि विद्रोह गरेर भए पनि सार्वजनिक सवारी साधन चलाउने चेतावनी दिए। ‘६ महिनादेखि यातायात मजदुर भोकभोकै छन्। अब मजदुर रोगले भन्दा भोकले मर्ने अवस्था आइसक्यो,’ उनले भने, ‘अब सरकारले निषेधाज्ञाको विकल्प नखोजेमा यातायात मजदुरले विद्रोह गरेर सवारी साधन सडकमा गुडाउनेछन्।’

अध्यक्ष राईले लकडाउनले ११ लाखभन्दा धेरै यातायात मजदुर बेरोजगार बनेको बताए। ‘६ महिनादेखि यातायात यातायात ठप्प छ। मजदुरले सुको कमाउन सकेका छैनन्,’ उनले भने, ‘अब पनि सरकारले निषेधाज्ञाको विकल्प नखोजे विद्रोह गरेर सडकमा आउनेछौं।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले ६ महिनादेखि सार्वजनिक यातायात ठप्प हुँदा मजदुर भोकभोकै मर्ने अवस्था आएकाले असोज १ गतेदेखि छोटो तथा लामो दुरीका सार्वजनिक यातायात खोल्ने विषयमा यातायात व्यवस्था विभागलाई ध्याकर्षण गराएको बताए।

‘लकडाउनले हाम्रो रोजीरोटी नै छिनेको छ। यस्तै अवस्था रहिरहे यातायात मजदुर रोगले भन्दा भोकले मर्नेछन्,’ उनले भने, ‘रहरले भन्दा पनि बाध्यताले सार्वजनिक यातायात खोल्नुपर्ने बेला भइसक्यो।’ महासंघले सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य मापदण्ड तथा सामाजिक दुरी कायम गरेर सार्वजनिक यातायात सञ्चालन गर्ने जनाएको छ। नागरिक न्युजमा यो खबर छ

Leave a Reply

error: Please Dont Copy My Content!! !!