Sunday, September 27, 2020
Home > समाचार > बिदेशी भुमीमा अप्ठ्यारोमा रहनु भएका नेपालीहरूका लागि मन्त्री भट्टराई दिए यस्तो खुशीकाे खबर

बिदेशी भुमीमा अप्ठ्यारोमा रहनु भएका नेपालीहरूका लागि मन्त्री भट्टराई दिए यस्तो खुशीकाे खबर

काठमाडौं । नागरिक उड्यान तथा पर्यटन मन्त्री योगेश भट्टराईले विदेशमा रहेको नेपाली नागरिक प्रति सरकार गम्भिर भएको बताएको छ । उनले विहिबार एक सन्देश जारी गर्दै सरकार नागरिकको दुखमा चिन्तित भएको बताएको हो ।

सरकारले अब अन्तर्राष्ट्रिय उडानको सख्या थप गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री, पररास्ट्रमन्त्री, पर्यटनमन्त्री र श्रममन्त्रीका बीचमा भएको छलफाल पश्चात प्रधानमन्त्री र उपप्रधान मन्त्रीबीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको सख्या थप गर्ने समझदारी भएको छ । उच्चस्तरीय परामर्शबाट अन्तरराष्ट्रिय उडान गर्ने ४ वटा सहमति भएको छ ।

१. पिसिआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एअरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गरिने छ । २. कुनै कम्पनीले कम्पनी कै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमती प्रदान गरिने छ । ३. श्रम कल्याणकारी कोसबाट उद्धार गर्नु पर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको ब्यबस्था गरिने छ । ४. नियमित उडान नभएका मुलुकमा पिसिआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान सख्या थप गरिने छ ।

नागरिकको स्वदेश फिर्तीका लागि सरकारले सक्दो कोशिस गरिरहेको र सरकारले आफ्नो प्रयत्न बढाउदै लाने उनले बताएका छन् । उनले अत्यन्तै प्रतिकुलतामा पनि धैर्य र संम्यमताका लागि सबै दिदिबहिनी, दाजुभाईमा आभार ब्यक्त गरेका छन् ।

अनेकौ समस्यासँग जुध्दै समन्वय गरिरहनु भएका नेपाली नियोगका प्रमुख तथा कर्मचारी मित्रहरुलाई उनले धन्यवाद पनि दिएका छन् । उनले एयरलाईन्सका कर्मचारी, एयरपोर्टका कर्मचारी तथा सुरक्षा निकायका मित्रहरु सबैमा आभार ब्यक्त गरेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!