Tuesday, September 29, 2020
Home > समाचार > ट्रमा सेन्टरकाे यस्तो सफलताः छिनिएकाे हात्केलाकाे शल्यक्रियाबाटै जोडेपछि… हेर्नुस्

ट्रमा सेन्टरकाे यस्तो सफलताः छिनिएकाे हात्केलाकाे शल्यक्रियाबाटै जोडेपछि… हेर्नुस्

काठमाण्डौ – राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले छि’निएको हत्केला जोड्न सफल भएका छन् । सेन्टरका प्रा डा पियूष दाहालको नेतृत्वमा १० चिकित्सक सर्लाही जिल्ला पर्सा गाउँपालिकाका वडा नंं २ का १८ वर्षीय रवि सिंहको पूरै छि’निएको दाहिने हत्केलाको शल्यक्रिया गरी जोड्न सफल हुनुभएको हो ।सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिण्डेन्डेट डा सन्तोष पौडेलले चिकित्सकले १० घण्टा लगाएर ती बिरामीको छि’निएको हात जोडिएकाे थियो ।

यसरी छिनिएकाे दाहिने हत्केला शल्यक्रियामार्फत जोड्न सफल भएको बताउनुभयो । सेन्टरले बिरामीका औँलाले पूर्ण रुपमा काम गर्न थालेपछि मात्र शल्यक्रियाबारे जानकारी गराएको उहाँले जानकार दिनुभयो । दक्षिणकालीको एक कारखानामा काम गरिरहेका बेला सिंहको हत्केला छि’निएको थियो ।

“हात छि’निएको एक घण्टामा ती बिरामी हाम्रो अस्पतालमा आए”, उहाँले भन्नुभयो, “ त्यसपछि हाम्रो शल्यक्रिया गर्ने समूहले उक्त हात जोड्ने काम गरेको हो । १० घण्टाको अथक प्रयासपछि हात जोड्न सफल भयौँ ।” ती व्यक्तिको दक्षिणकालीको कारखानामा काम गर्ने सिलसिलामा फ्लेक्स पाइप मेसिनबाट गत असार २९ गते साँझ ५ बजे दाहिने हत्केला पूरै छि’नेर दुई टु’क्रा भएको थियो ।

चिकित्सकको समूहले अस्पतालमा बिरामी आएपछि साँझ ७ बजेदेखि अर्को दिन बिहान ५ बजेसम्म शल्यक्रिया गरी हात जोड्न सफल भएको थियो । सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिण्डेन्डेट डा पौडेलका अनुसार यसअघि औँला जोड्ने गरिएकामा हत्केला भने पहिलो पटक जोडिएको हो । ती बिरामीको हत्केला जोड्नका लागि १८ चलाउने नशा, पाँच नशा, तीन आर्टरी र चार हड्डी जोड्नुपरेको थियो ।

शल्यक्रियामा प्रा डा दाहालसहित डा कृष्ण मानन्धर (प्लाष्टिक सर्जन) डा अपार लामिछाने (प्लाष्टिक सर्जन), डा कमलराज पाठक (प्लाष्टिक सर्जन रेजिडेन्ट) तथा एनेस्थेसियाका डा रुपेश यादव, डा छिरिङ शेर्पा र नर्सिङ टिमका पिङ्की लागेजु र अनुपमा फुयाँल रहनुभएको थियो । ती व्यक्तिले गत साउन २२ गते डिस्चार्ज भई स्वास्थ्यलाभ गर्दै अहिले फिजियोथेरापीमा फिजियो गराइरहेको जनाइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!