Tuesday, September 29, 2020
Home > प्रवास > कुवेतमा पनि छाडेनन् नेपालीहरूले यस्तो अबैध धन्दा, ८ नेपाली पक्राउ…

कुवेतमा पनि छाडेनन् नेपालीहरूले यस्तो अबैध धन्दा, ८ नेपाली पक्राउ…

कुवेतसिटी –

कुवेतको महाबुल्लामा अबैध घरेलु मदिरा उत्पादन गरेर बेच्ने ८ नेपाली पक्रउ परेका छन् । कुवेतका सुरक्षा महानिर्देशक मेजर जनरल सालेह मतार र उनका सहायक जनरल वालिद अल शेहबको नेतृत्वमा अहमदी सुरक्षाकर्मीहरुले महाबुल्लाको तीन वटा अपार्टमेन्टमा छापा मार्दा ८ नेपाली पक्राउ परेका हुन् ।

सो क्रममा ठूलो परिमाणमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका मदिराका बोतलहरु तथा मदिरा उत्पादन गर्ने उपकरणसमेत बरामद गरिएको कुवेत प्रहरीले जनाएको छ ।

बरामद गरिएको मदिरा नगरपालिकाको समन्वयमा नस्ट गरिदै आएको छ ।

दुई दिनअघि मात्र जाबृया भन्ने ठाउँबाट मदिरा उत्पादन केन्द्र सन्चालन गर्ने दुई महिलासहित चार जनालाई कुवेत प्रहरीले नियन्त्रणमा लिएको थियो । कुवेतमा मदिरा बिक्री वितरण अबैधानिक मानिन्छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!