Friday, September 18, 2020
Home > Uncategorized > कोरोनाका कारण बुवाको निधन, संक्रमित छोराले नै गरे बुवाको अन्त्यष्टि

कोरोनाका कारण बुवाको निधन, संक्रमित छोराले नै गरे बुवाको अन्त्यष्टि

काठमाडौं । कपिलबस्तुमा एक जना कोरोनाका कारण निधन भएका ब्यक्तिको उनकै संक्रमित छोराले अन्त्यष्टि गरेका छन् । कोरोनावाट निधन भएका ब्यक्तिलाई नेपाली सेनाको टोलीले ब्यवस्थापन गर्ने नियम भए पनि उनकै छोरा पनि संक्रमित भएका कारण कारण उनले नै बुवाको अन्त्यष्टि गरेका हुन् । सोमवार बिहान पत्रकार महासंघ कपिलवस्तुका पूर्व उपाध्यक्ष बनारसी बर्माको निधन भएपछि उनका छोराले अन्त्यष्टि गरेका हुन् ।

केही समय अघिदेखि सुगर र उच्च र’क्त’चाप र किड्नीको समस्या झेलिरहेका उनलाई निधन पछि कोरोना पुष्टि भएको थियो । उनका जेठा छोराको पनि १५ दिन अगाडि कोरोना पुष्टि भएको थियो । कोरोनावाट निधन हुने पत्रकार उनी नेपालमा पहिलो हुन् । मिर्गौलाको समस्या झेल्दै आएका उनलाई छोराले नै उपचार गराउन अस्पताल लैजाने गरेका थिए ।

भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसीएमएस)मा उनले डायलाइसिस गराउँदै आएका थिए । मेडिकल कलेजका स्वास्थ्यकर्मीहरुमा पनि कोरोना पुष्टिि भएपछि उनको डायलासिस रोकिएको थियो। कोरोना परिक्षण गराउन स्वाब दिएको १० दिन बितिसक्दा पनि उनको रिपोर्ट आएको थिएन । तर सोमवार निधन भएको केहीबेरमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

निधन पछि कोरोना पुष्टि भएको रिपोर्ट आएपछि उनका जेठा छोराले नै नेपाली सेनाको सहयोगमा अन्त्यष्टि गरेका छन् । सेनाले शव ब्यवस्थापन गर्न लागेको भएपनि उनी आफै बुवाको अन्त्यष्टि गछर्स भनेपछि अनुमति दिइएको थियो । यसअघि छोरामा नै कोरोना पुष्टि भएपछि छोरा घरमै आइसोलेसनमा बस्दै आएका थिए। उनका परिवारका अन्य तीन जनामा पनि कोरोना पुष्टि भएको छ ।

कोरोनावाट निधन हुने पत्रकार उनी नेपालमा पहिलो हुन् । मिर्गौलाको समस्या झेल्दै आएका उनलाई छोराले नै उपचार गराउन अस्पताल लैजाने गरेका थिए । कोरोना परिक्षण गराउन स्वाब दिएको १० दिन बितिसक्दा पनि उनको रिपोर्ट आएको थिएन । तर सोमवार निधन भएको केहीबेरमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!