Tuesday, September 29, 2020
Home > भिडियो > भोकले छट्पटिन थालेका नेपालीहरुको पेट निशेधाज्ञाले नै भरिदै! हर्नुस भिडियो…

भोकले छट्पटिन थालेका नेपालीहरुको पेट निशेधाज्ञाले नै भरिदै! हर्नुस भिडियो…

काठमाडौं, २२ भदौ । कोरोना नियन्त्रणका नाममा मानिसहरुलाई घरभित्र थुनेर राख्नु भन्दा अर्को विकल्प नदेखेको सरकारले भोकले छट्पटिन थालेका नेपालीहरुलाई भने देख्न छोडेको छ । खान नपाएर कोही पनि नेपालीले मर्नु पर्ने छैन भन्ने प्रधानमन्त्रीले बारम्बार व्यक्त गर्ने अभिव्यक्तिलाई काठमाडौंको खुलामञ्चमा दाता र मनोकारी संघसंस्थाले जिस्काई रहेको भान हुन्छ ।

लकडाउन र निषेधाज्ञा नामका कोरोनाविरुद्धको सरकारी ओखतिले भोकले निचोरिएका गरीबहरुलाई थप निरीह बनाउँदै लगेपनि उनीहरुको पेटमा दन्कन थालेको आगो कसरी निभाउने भन्ने कुनै दयालु कार्यक्रमसमेत सरकारले दिन सकेको छैन् ।

नेपालमा अनौपचारिक क्षेत्रका काम गरेर छाक टार्नेको संख्या ५० लाख भन्दा बढी छ । ति मध्ये ज्याला मजदुरीकै भरमा मात्रै ३० देखि ४० लाख छन् । कोरोना कहर सुरु भएसँगै यि व्यतिmको रोजीरोटी गुमेको छ । दैनिक आयस्रोत गुमेपछि उनिहरु आश्रित परिवारको समेत गास खोसिएको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीहरुसँग कुनै पनि नेपाली भोक नरहने गरी सरकारले काम गरिरहेको बताए । तर काठमाडौमै महिनौ देखि रोजगारी गुमाएका, मजदुरी समेत नपाएकाहरु एक गासका लागि दाताहरुलाई कुरिरहेका थिए ।

अहिले काठमाडौका विभिन्न चोक र खुल्लामञ्चमा यसरी रोजिरोटी गुमाएका अनि छाक टार्न दाताहरुले वितरण गर्ने खाना कुरेर सबेका हजारौँ भेटिन्छन् । महामारीसँगै सुरु भएको लकडाउन र निषेधाज्ञमा कामसँगै माम गुमाएका प्रतिनिधि पात्रहरु हुन् उनीहरु ।

सरकारले दैनिक कोरोना संक्रमित र मृतकको तथ्याङक सार्वजनिक गर्ने, अर्ध र पूर्ण निषेधाज्ञ घोषणा गर्ने कामलाई प्राथमिकता दिइरहेको छ । तर यहि कारण घर भित्रै थुनिएका फुटपाथ, ठेलागाडा तथा नाङ्लोमा व्यापार गरेर गुजारा गर्नेहरुको अवस्थाका बिषयमा कुनै योजना सार्वजनिक गरेन् । सार्वजनिक यातायातका क्षेत्रमा आश्रीत बनेका हजारौँ जना ६ महिना देखि बेरोजगार छन् ।

सरकारले गत चैतमा २ साता वितरण गरेको ५ केजी चामल सहित केहि खाद्यान्नलाई नै महामारीमा सरकार भएको अनुभुति गराउने राहात भन्दै आएको छ । यस बाहेक सरकारले अहिले सम्म न कुनै राहातका प्याकेज घोषणा गरेको छ, न भोकाहरुलाई खुवाउन सार्वजनिक अपील नै गरेको छ ।

अरु त परको कुरा सरकारसँग महामारीमा ज्याला मजदुरी गुमेर, व्यापार व्यवसाय बन्द भएर बेरोजगार तथा घरवारविहीन भएकाहरु तथ्याङक समेत छैन ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!