Sunday, September 27, 2020
Home > प्रवास > मलेसियामा एक नेपाली युवाकाे आयो यस्तो दुःखद खबर

मलेसियामा एक नेपाली युवाकाे आयो यस्तो दुःखद खबर

काठमाडौं । मलेसियामा एक नेपाली युवालाई मृ,त्युद,ण्डको फैसला सुनाइएको छ । चार वर्षअघि एक लरी चालक नेपाली नागरिककै ह,त्या गरेको अभियोगमा ३६ वर्षीय नेपाली युवा सुरजदेव शाह तेलीलाई उच्च अदालतले दोषी ठहर गर्दै मृ,त्युद,ण्डको फैसला सुनाएको हो ।

क्वालालम्पुरस्थित नेपाली दूतावासका जेल अधिकृत द्वितीय सचिव प्रतिक कार्कीका अनुसार उनलाई मलेसियन पिनल कोडको दफा ३०२ अन्तर्गत गएको १७ अगष्टमा मृ,त्युद,ण्डको फैसला सुनाइएको थियो । उनलाई उच्च अदालतका न्यायाधीश दातुक मोहम्मद रज्जी हारुनले घट,नामा दो,षी ठहर्याउँदै मृ,त्युद,ण्डको सजाय सुनाएका हुन् ।

तेलीलाई सन् २०१६, डिसेम्वर २ तारिखका दिन विहान १ः३० देखि ४ बजेर ५ मिनेटको बीचमा ३४ वर्षीय हरिथास नाम गरेका नेपाली युवाको ह,त्या गरेको अभियोग लगाइएको थियो । नेपाली राजदूतावासका तर्फबाट भा,रतीय मुलकी अधिवक्ता करनजीत कौरले तेलीका तर्फबाट मु,द्दा लडेकी थिइन् ।

श्रोतः सत्यसमाचारबाट ।

इजरायलमा कोरोनाभाइरसबाट एक हजार बढीको मृत्यु भएपछि

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कोरोनाभाइरसबाट अति प्रभावित झण्डै ४० वटा शहर बजारमा रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाइने आइतबार घोषणा गर्नु भएको छ । इजरायली वरिष्ट अधिकारीहरुको आइतबार अबेरसम्म घण्टौं चलेको परामर्श बैठकपछि उक्त निर्णय घोषणा गरिएको थियो । देशभर एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएपछि सरकारले नयाँ नियमहरु घोषणा गर्नु परेको हो । पछिल्ला दिनहरुमा इजरायलमा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन् ।

यस्तो कफ्र्यु सोमबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म लाग्नेछ । तर यो कर्फ्यु कति समयसम्म जारी रहनेछ भन्ने स्पष्ट भइसकेको छैन । मानिसहरुलाई आफ्ना घरबाट ५०० मिटरभन्दा टाढा नजान र अत्यावश्यकभन्दा बाहेकका अरु व्यापार व्यवसाय बन्द गर्न भनिएको छ ।

इजरायलले कोरोना नियन्त्रणका लागि शुरुमा अपनाएका विधिप्रति धेरैले सकारात्मक रुपमा लिएका थिए । तर मे महिनामा नियमहरुलाई खुकुलो बनाएसँगै नयाँ संक्रमितको संख्या ह्वात्तै बढेको थियो ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विरोधमा भइरहेको साप्ताहिक प्रदर्शनका कारणले पनि संक्रमण फैल्याउन मद्दत गरेको छ । पछिल्ला दिनहरुमा दैनिक तीन हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिन थालेको छ । सरकारले संक्रमण रोक्न राष्ट्रव्यापी लकडाउन गर्ने सोचाई पनि अघि सारेको छ । समग्रमा, इजरायलमा एक लाख ३० हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् र अझै २६ हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित छन् । हाल प्रत्येक दिन तीन हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

प्रधानमन्त्री नेतन्याहूले नियुक्त गर्नुभएका कोरोनाभाइरस परियोजना व्यवस्थापक डा रोन्नी गाम्जुको परामर्शमा सेनाले कोरोना संक्रमण रोक्न गत महिना एउटा कार्यदल गठन गरेको छ । यसले मुख्य कार्य नै संक्रमित व्यक्तिको सम्पर्क पहिचान गर्ने र संक्रमणको शृंखला रोक्ने रहेको छ ।
इजरायली अधिकारीहरुमाथि व्यवसाय र विद्यालयहरु चाँडै खोलिएको भन्दै जनस्तरबाट आक्रोश व्यक्त भइरहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!