Saturday, July 17, 2021
Home > समाचार > इजरायलमा सडक दुर्घटनामा परी नेपाली चेलीको निधन (UPDATED)

इजरायलमा सडक दुर्घटनामा परी नेपाली चेलीको निधन (UPDATED)

इजरायलको उत्तरी भेगमा रहेको केफरममासमा एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भिर घाइते भई फारसभा स्थित मेयर अस्पतालमा उपचाररत नेपाली चेलीको उपचारको क्रममा निधन भएको छ ।

सिन्धुपाल्चोक हेल्म्वु ६ स्थायी घर भई रोजगारीको लागि लामो समयदेखि इजरायलमा रहेकी अन्दाजी ४० बर्षिया दामी ग्याल्मु लामा नाम गरेकी लामालाई दुर्घटना पश्चात फारसेभाको मेयर अस्पताल पुर्याइएको थियो । दुुर्घटनाबाट गम्भिर घाइते भएकी लामाको तत्कालै आकस्मिक शल्यक्रिया गरिएको थियो । ए1नेपाल डट कमले यही समाचारको विस्तृत जानकारी प्राप्त भइ नसक्दै वुधवार रातको करिव साढे १२ बजे समाचार सम्प्रेसण गरिरहदा मृतक लामा कार्यरत एजेन्सीले उनको पेटको शल्यक्रिया गरिसकेको र अन्य आवश्यकिय आकस्मिक शल्यक्रियाको लागि अप्रेसन थियटर लगिएको बताएकी थिइन । उनको उपचारमा खटिएका चिकित्सकले मृतक लामाको टाउकोमा गम्भिर चोट लागेको र शल्यक्रिया पनि सफल हुन नसक्ने बताएका थिए । विहान करिव ४ बजे अस्पतालले लामाको निधन भएको घोषणा गरेको मृतक लामाकी इजरायलमै कार्यरत वहिनी लासोङ लामाले जानकारी दिइन ष

यसै विच हामीले टेलिफोन सम्पर्क गरी लामाको निधन भएको बारे नेपाली राजदूतावासलाई जानकारी गराएका छौं । नेपाली राजदूतावासले यथासिघ्र मेयर अस्पताल पुगी मृतक लामाको विषयमा विस्तृत जानकारी लिने ए1नेपाल डट कमलाई जानकारी गराएको छ ।

१० अक्टूवर वुधवार रातको करिव साढे८ बजे उनी कार्यरत केफरममास नजिकैको रुपिन्चोकमा सडक पेटीमा रहेकी दामी लामालाई निजि कारले ठक्कर दिएको थियो । ठक्कर दिए लगत्तै अस्पताल पुर्याइएकी दामी लामाको इजरायल प्रहरीले मोवाइळ फोन मार्फत नम्वर पत्ता लगाइ उनको एम्प्लोयरलाई खवर गरेको थियो । तत्पश्चात एम्प्लोयरले उनको एजेन्सीलाई खवर गरेको थियो ।

दुर्घटनाबाट गम्भिर चोट लागी सख्त घाइते भएकी मृतक लामाको कुन भागमा चोट लागेको थियो र उनको निधन भयो भन्ने विषयमा हामी जानकारी लिने प्रयासमा छौं, सम्भवत केही समयमै यसै समाचारमा अपडेट गर्ने छौं, त्यतिन्जेलको लागी समाचार हेर्दै गर्नुहुन सम्पूर्ण पाठकवृन्दमा हार्दिक अुरोध गर्दछौ ।

मृतक लामाकी एजेन्सी एमीका अनुसार प्रहरी घटनास्थल पुगी घटनाको विषयमा अनुसन्धान शुरु गरेको छ ।

A1nepal मा खबर छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!