Friday, September 25, 2020
Home > भिडियो > ८ बर्षिय छोरा लिएर अर्कैसँग हिडेकि राधाले छोरा फिर्ता दिनु पर्दा यस्तो रूवाबासी (भिडियो सहित)

८ बर्षिय छोरा लिएर अर्कैसँग हिडेकि राधाले छोरा फिर्ता दिनु पर्दा यस्तो रूवाबासी (भिडियो सहित)

काठमाडौ । रुपन्देहीमा राधा र सुनिलले आफ्नो परिवारलाई छोडेर हिडे । राधा र सुनिल दुवै विवाहित हुन् । उनीहरुको सन्तान पनि छन् । तर आफनो श्रीमान श्रीमती र छोराछोरी छोडेर उनीहरु हिडेका हुन् । राधाका श्रीमानले श्रीमती हिडेपछि प्रहरीमा उजुरी दिएका थिए । तर प्रहरीलाई उजुरी दिँदा पनि फेला नपरेपछि उनीहरु मिडियामा आएका थिए । मिडियामा प्रकाशको श्रीमती र राधाको श्रीमान आएपछि उनीहरु आफै मिडियाको सम्पर्कमा आएका हुन् ।

उनीहरु संगै काठमाडौ गएका थिए । राधाले आफ्ना श्रीमानले अनावश्यक शंका गरेर तनाव दिने गरेको र आर्थिक रुपमा पनि कुनै सहयोग नगरेका कारण सुनिलसंग आर्थिक सहयोग लिनुपरेको बताएकी छन् । श्रीमान विदेशमा हुँदा सासुसंग कुरा नमिले पछि उनी घर छोडेर वुटवल वस्दा नै खर्च चलाउन सुनिलसंग ५० हजार रुपैया मागेकी थिइन् ।

सुनिलले पनि राधालाई पैसा पठाइदिएका थिए । विदेशमा रहेका सुनिल ५ वर्ष पछि नेपाल आएर राधालाई लिएर हिडेका हुन् । सुनिलको पनि श्रीमती र बच्चा छन् । छोराहरुको नागरिकता बनाउने उमेर भइसकेको छ तर उनले श्रीमतीको विवाह दर्ता समेत गराएका छैनन् ।

दुवैका परिवारले प्रहरीमा उजुरी दिएपछि अहिले उनीहरु प्रहरीको सम्पर्कमा आएका हुन् । घर छोडेर हिडेपछि काठमाडौ पुगेका उनीहरु अहिले रुपन्देही फर्केका छन् । राधाले सुनिलसंग जाँदा आफ्नो छोरा पनि लिएर गएकी थिइन् ।

कृष्णको श्रीमती लिएर गएका सुनिलले आफै कृष्णलाई फोन गरेर छोराको अवस्था राम्रो छ भनेर जानकारी दिन खोजेको बताएका छन् । उनले फोन गरेर जानकारी दिन खोज्दा कृष्णले ध म्की दिएको बताएका छन् ।

यता सुनिलको पहिलो श्रीमतीसंग पनि राधाले फोनमा कुरा गरेको बताएकी छन् । सुनिलको पहिलो श्रीमतीले अब जे गल्ती नगर्नुपर्ने थियो गरिसक्यौ अब दुवै जना मिलेर दुख गरौंला भनेर भनेको बताएकी छन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!