Sunday, September 27, 2020
Home > समाचार > मेयरकाे टाउकाे छि’नाउने ध म्की दिने शाक्य पक्राउ…

मेयरकाे टाउकाे छि’नाउने ध म्की दिने शाक्य पक्राउ…

ललितपुर – ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा प्रहरीमाथि आ क्रमण गरी महानगरपालिका प्रमुखलाई आ क्रमणको ध’म्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती बस्ने सञ्जय शाक्य रहेको महानगरीय अ’पराध नियन्त्रण महाशाखाले जनाएको छ ।

उनीमाथि यही भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीमाथि आ क्रमण गरेको र सोही क्रममा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई टा’उको का ट्ने ध’म्की दिएको आरोप छ । उक्त घटनापछि फरार हुँदै आएका उनलाई आफन्तकहाँ लुकिछिपी बसेका अवस्थामा आइतबार साँझ नक्खुबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

उनीसँगै उक्त घटनामा संलग्न १७ जनालाई पक्राउ गरिएको बताइएको छ । अझै दुई जना फरार रहेकाले खोजी जारी रहेको जनाइएको छ । निषेधाज्ञाको उल्लङ्घन गरी रथ तान्न थालेपछि प्रहरीले रोक्न खोज्दा त्यहाँ झ डप भएको थियो । सोही क्रममा उनीहरुले प्रहरीमाथि नै आ क्रमण गरेका थिए । उनीहरुलाई अभद्र व्य’वहार र सङ्क्रामक रोग ऐन २०२० अन्तरगतको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!