Wednesday, September 30, 2020
Home > जीवनशैली > दुनियाकै एकमात्र सुनै सुनले बनेको ५ तारे होटल, ट्वाइलेटमा समेत सुनकै!

दुनियाकै एकमात्र सुनै सुनले बनेको ५ तारे होटल, ट्वाइलेटमा समेत सुनकै!

एजेन्सी । विश्वभर सुनको मूल्य ह्वात्तै आकाशिएका बेला सुनले बनेको विश्वकै पहिलो पाँचतारे होटल चर्चामा छ । होटलको देखिने र बाहिरी संरचनामा मात्रै नभई होटलको ट्वाइलेट सिटमा समेत सुनको जलप पोतिएको छ । यो चर्चित होट भियतनामको हानेईमा रहेको छ ।

होटलका मालिक हु डुवाङ्गका अनुसार निर्माणमा १० करोड ६० लाख पाउन्ड खर्च भएको छ । जसको नेपाली रुपैयाँ २३ अर्ब ८० करोड बढी हुन्छ ।

साधारणदेखि अत्यधिक धनाढ्य परिवारको उपस्थित हुने यस होटलमा एक रात बस्न पाहुनाले २५० डलर अर्थात् २९ हजार ७ सय ७२ रुपैयाँ तिर्नुपर्ने होटलका मालिक हु डुवाङ्गले हालैको एक अन्तरवार्ताका क्रममा बताएका छन् ।

यो अनौठो होटलका सबैजसो सामग्रीमा मात्र जलप मिसाइएको छैन, यहाँ पस्किने प्रत्येक खानामा रहस्यमयी ‘सुनौलो पदार्थ’ मिसाइएको स्रोतको भनाई छ । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार होटलको बिल्डिङमा सुनको जलप लगाउन एक टन सुन प्रयोग गरिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!