Tuesday, September 29, 2020
Home > समाचार > राजधानीका जिल्ला प्रमुखहरूकाे गुनासोः क्वारेन्टाइन निर्माणदेखि शव व्यवस्थापनमा बाधा आए

राजधानीका जिल्ला प्रमुखहरूकाे गुनासोः क्वारेन्टाइन निर्माणदेखि शव व्यवस्थापनमा बाधा आए

काठमाडौँ — ‘काठमाडौं उपत्यका प्रवेश गर्ने सीमामा स्वास्थ्य टीमसहित सेना परिचालन गर्न निर्णय गरियो, सीसीएमसीले वास्ता गरेन ।’ ‘निशेधाज्ञा जारी गरेपछि सडकमा ट्रफिक जाम देख्दा अपराधवोध हुन्छ ।’ कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको व्यवस्था गर्न खटिएका उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले पटक-पटक अनावश्यक अवरोध खेपिरहनुपरेको बताएका छन् ।

सीडीओहरू ललितपुरका नारायणप्रसाद भट्ट, काठमाडौंका जनकराज दाहाल र भक्तपुरकी हुमकला पाण्डे । कोरोना संक्रमित र सम्भावित व्यक्तिहरूको व्यवस्थापनमा खटिनुपर्दा क्वारेन्टाइन निर्माण, परीक्षणदेखि शव व्यवस्थापनसम्म अतिरिक्त बाधा आइरहेका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको भनाइ छ ।

सीमित स्रोत, साधन र जनशक्तिका बीच काम गरिरहेको अवस्थामा शंकास्पद व्यक्ति, स्थानीय जनता, अस्पताल र स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायतबाट बाधा खेपिरहनुपरेको उनीहरूको भनाइ छ ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको कोरोना संक्रमणसम्बन्धि गतिविधिका अनुगमन र निरीक्षण उपसमितिको आइतबारको बैठकमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले संक्रमण रोकथाम तथा नियन्त्रण, उपचार र व्यवस्थापनमा विभिन्न व्यक्ति, निकाय र संस्थाहरूले बाधा सिर्जना गरिरहेको बताएका हुन् । उनीहरूले ती बाधा हटाएर सहयोग गर्नका लागि संसदीय समितिसँग अनुरोध पनि गरेका छन् ।

काठमाडौं उपत्यका प्रवेश गर्न कडाइ गर्नुपर्ने निर्णय काडमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहालको नेतृत्वमा रहेको जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले गरेको थियो । ‘काठमाडौं प्रवेश गर्ने पाँच नाका रहेको र ती नाकामा स्वास्थ्य परीक्षणको व्यवस्थासहित सेना परिचालन गरी कडाइ गर्नुपर्ने भनेर डीसीसीएमसीले निर्णय गरेर कार्यान्वयन गरिदिन भन्दै उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको सीसीएमसीकहाँ लेखि पठायो,।’

प्रत्येक दिन अत्यावश्यक वस्तु आयात गर्ने र अन्य गरी करिब २ हजार मान्छेलाई काठमाडौं प्रवेश दिनैपर्ने बाध्यता रहेको बताउँदै सीडीओ दाहालले भने, ‘सीमा टाइट गर्ने निर्णय भएको थियो । काठमाडौं प्रवेश गर्ने पाँचवटै सीमामा नेपाली सेनालाई राखौं भनेर डीसीसीएमसीबाट निर्णय गरेर पठाइयो तर सीसीएमसीमा त्यति सुनुवाइ नभएको हो कि के हो !’ जयसिंह महरा/कान्तिपुरबाट

Leave a Reply

error: Please Dont Copy My Content!! !!