Friday, September 18, 2020
Home > समाज > भर्खरै आयो ठुलो खुसीको खबर पुरा हेर्नुहोस

भर्खरै आयो ठुलो खुसीको खबर पुरा हेर्नुहोस

नेपालगन्ज । बाँकेमा बिहीबार ८८ वर्षीय वृद्धसहित २४ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् ।यसमा १७ जना सेना पनि छन् । नेपाली सेनाको कौशिलानगर तालिम केन्द्र आइसोलेसनबाट १७ जना, कृषि तालिम केन्द्र खजुरा आइसोलेसनबाट ५ जना तथा होटल इन्द्रेणी र लायन्स डेण्टल आइसोलेसनबाट १–१ जना निको भएर डिष्चार्ज भएक जिल्लास्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७ सय ८३ पुगेको छ । अब आइसोलेसनमा ३ सय ६ जना छन् ।बाँकेमा हालसम्म १ हजार ९५ जनामा कोरोना पुष्टि भएको छ । ६ जनाको भने मृत्यु भइसकेको छ ।१८ भाद्र, काठमाडौं – पश्चिमी बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर-९ बोबाङस्थित भूजीखोलामा आएको बाढीमा पुरिएर कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

३३ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए।बाढी पहिरोमा झण्डै ३०घर पूर्ण रूपमा क्षति भएका एवम् बेपत्ता मृतकको सङ्ख्या अझै बढ्न सक्ने चौधरीले बताए।कोरोनाभाइरस महामारीबीच आएको बाढीमा बेपत्ताहरूको उद्धारमा कठिनाइ उत्प न्न भएको उनको भनाइ छ ।

मध्यरातमा बाढीबुधवार मध्यरातमा भूजीखोलामा बाढी आउँदा केही साना जलविद्युत आयोजनाको विद्युत गृह, झोलुङ्गे पुल र विद्या लय पनि बगाएको बताइएको छ।बुर्तिबाङ प्रहरी चौकीका प्रमुख प्रकाशसिंह भण्डारीले प्रहरीको टोली घटनास्थलतर्फ गएर विवरण सङ्कलन गर्ने र उद्धारको काम गरिरहेको जानकारी दिए ।

उक्त नगरपालिकाको वडा नम्बर-१ देखि वडा नम्बर-९ सम्म छुने ठाडो खोलामा बाढी आएकाले कहाँ कहाँ क्षति भएको भनी यकिन गर्न नै कठिन भएको भण्डारीले बताए।अधिकारीहरूका अनुसार घटनास्थलतर्फ प्रहरी र नेपाली सेनाको टोली उद्धारका लागि पठाइएकोछ।बाढीले पुर्‍याएको थप क्षतिको विवरण आइनसकेको अधिकारीहरूको भनाइ छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!