रुकुम । रुकुम पश्चिममा महिला बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रातको समयमा महिला सुतेको कोठामा प्रवेश गरी बलात्कार गरेको तथ्य सार्वजनिक भएको छ।
बलात्कार गर्ने युवकलाई त्यतिले मात्र पुगेन, कोठामा रहेको सरसामान तथा नगद समेत चोरी गरेका छन्। चोरी गरेर भाग्ने क्रममा भूमे गाउँपालिका ४, हुकामका ३० वर्षीय सवीन्द्र घर्तीलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
बाँफिकोट गाउँपालिका घर भई मुसिकोटमा कोठा गरी एक महिलाको कोठामा प्रवेश प्रवेश गरेर बलात्कार गरेको तथा पीडित महिलाकै कोठामा रहेको २० हजार रुपैयाँसमेत चोरी गरी भाग्न प्रयास गरेका बेला प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
जानकारी पाउनसाथ प्रहरी टोली घटनास्थलमा पुगेकाले ती युवकलाई पक्राउ गर्न सकिएको हो । प्रहरीकाअनुसार २० हजार रुपैयाँ चोरी भएकोमा १६ हजार नगद र १ थान मोबाइल बरामदसमेत गरिएको छ। जिल्ला अदालत रुकुमबाट १५ दिनको म्याद थप गरी पक्राउ परेका घर्तीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।