Tuesday, September 29, 2020
Home > भिडियो > जात्रामा झण्डै ज्यान गुमाएका प्रहरी भन्छन्ः हेलमेट नभएकाे भए आज यहाँ हुने थिइन होला (भिडियो सहित)

जात्रामा झण्डै ज्यान गुमाएका प्रहरी भन्छन्ः हेलमेट नभएकाे भए आज यहाँ हुने थिइन होला (भिडियो सहित)

ट्राफिक प्रहरी प्रभाग मंगलबजारमा कार्यरत् प्रहरी जवान कमलप्रसाद घिमिरे बिहीबार नटोल डाइभर्सनमा थिए । यो ललितपुर महानगरपालिकाको पछाडिपट्टि हो । सवारी साधनहरूलाई ‘डाइभर्ट’ गर्दै ड्युटी गरिरहेका थिए। उनको साथमा प्रहरी सहायक निरीक्षक कृष्ण घलान पनि थिए।

राता मच्छिन्द्रनाथको रथ ल्याउनेहरूको भी’डभा’ड बढिरहेको थियो। उनी सवारीसाधन पास गराएरै बसिरहे। तर, अचानक अगाडिबाट ठूलो भिड आयो। थेग्नै नसकिने खालको। त्यो भिडमा भाग्नुको विकल्प थिएन।

असई घलानले एक दुई मु’क्का खाएर भागिसकेछन् । उनले त्यो देखेनन् । ‘ए भाग भाग भन्यो कसैले,’ जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत् घिमिरेले भने, ‘मोटरसाइकल स्टार्ट के गरेको थिएँ, ८, १० जना भएर ल’डाएर कु’ट्न थाले।’

उनी चढेको बा २ झ ७२४२ नम्बरको मोटरसाइकल त्यही पल्टियो। मोटरसाइकलको अवस्था के छ थाहा छैन। धन्न उनले टाउकोमा लगाएको हेल्मेट फुत्केन। ती ८, १० जना कसैले इँट्टाले हेल्मेटमाथि, कसैले जीउमा मुक्का, लात्ती प्रहार गरेका थिए। ‘हेल्मेट फुस्किएको भए म मर्थेँ,’ उनले भने।

कसैले कुटपिट गरहेका बीचबाट उनलाई जोगाउन पनि खोजे। त्यही जोगाउने समूहको मद्दतका कारण अप्रिय घटना हुन पाएन। ‘केही मिलेर मलाई अंगाल्दै भाग्न मद्दत गरे, म अन्य प्रहरीहरूको बीचमा पुग्नै लाग्दा ढलेँ।’

कोरोना महामारीका कारण जारी निषेधाज्ञाका बेला रातो मच्छिन्द्रनाथको रथयात्रा प्रभावित भएपछि आ’क्रोशित स्थानीय प्रहरीमाथि जाइलागेका थिए। यो घटना हुँदा अन्य सुरक्षाकर्मी कोही नभएकाले गर्दा घिमिरे भी’डमा फसेका थिए। त्यो भी’ड सरकार र प्रहरीसँग आ’क्रोशित थियो। सधैं प्रहरीले भीडमा सर्वसाधारण कु’टपिट’ गरेको खबर आइरहँदा बिहीबार भने ठिक विपरीत भइरहेको थियो।

उनको जीउमा साधारण चो’टपटक छ। टाउको भने अत्यधिक दुखेको महशुस भएको उनले बताए। उनको टाउकोको सिटिस्क्यान रिपोर्ट सामान्य देखिएको छ। चिकित्सकले बिहीबार अस्पतालमै बस्न सुझाव दिएका छन्। शुक्रबार उनी डिस्चार्ज हुँदैछन्।

घिमिरेको घर सिन्धुली दुधौली नगरपालिका ४ हो। उनी गत मंसिरदेखि प्रभाग मंगलबजारमा छन्। महानगरीय ट्राफिक महाशाखाले प्रहरीमाथि कुटपिट गर्नेहरूको पहिचान गरिरहेको जनाएको छ। – सेतोपाटी

हेर्नुस भिडियोः

९ जना पक्राउ
ललितपुरकाे पुल्चोकमा बिहीबार राताे मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीमाथि हा’तपा’त गर्ने ९ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेकाे छ। स्थानीयहरुले निषेधाज्ञा तथा प्रहरीको चे’तावनीलाई वेवास्ता गर्दै बिहीबार पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तानेका थिए। त्यसक्रममा प्रहरीले अ’श्रुग्याँस र पानीको फोहोरा हा’नेकाे थियाे।साेही क्रममा भीडले मोटरसाइकलमा आइरहेका ट्राफिक प्रहरी जवान घिमिरेमाथि आ-क्रमण गरेको थियो।

ड्युटीमा खटिएका प्रहरी जवानमाथि ललितपुरमा यो घटना भएको हो । रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीय युवाबीच -झ’डप भएको थियो। पुल्चोकमा मोटरसाइकलमा हिँडिरहेका ट्राफिक प्रहरी कमलप्रसाद घिमिरेमाथि भिडले यस्तो कार्य गरेको हो । उनी महागनरीय ट्रफिक प्रहरी प्रभाग मंगलबजारबाट ड्युटीमा खटिएका थिए।

उनी बिहानैदेखि पाटनमा ड्युटीमा खटिएका थिए। उनीमाथि घटना भएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ। भिडले उनीमाथि आ-क्रमण गर्दै मोटरसाइकल लडाउँछ। भिडबाट भाग्दै गरेका उनलाई अर्को समूहले समातेर फेरि कु-टपि’ट गर्छ भने उनको सवारी साधनसमेत तो-डफो’ड गर्छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!