Friday, September 25, 2020
Home > समाचार > हेर्दाहेर्दै यसरी एकाएक यसकारण रणभुमि बन्यो ललितपुर (भिडियो सहित)

हेर्दाहेर्दै यसरी एकाएक यसकारण रणभुमि बन्यो ललितपुर (भिडियो सहित)

काठमाडौं । ललितपुर एकाएक रणभुमि बनेको छ । पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय युवाहरु र प्रहरीबीच विवाद हुँदा बबाल भएको हो । रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गर्ने क्रममा विवाद भएको हो ।

निषेधाज्ञाका बाबजुद रथ तानेको भन्दै प्रहरीले रोकेपछि केहीबेर तनाव भएको थियो । प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा लगायत प्रयोग गरेको छ ।

स्थानीय युवाले रथ तान्‍न अवरोध गरेको भन्दै प्रहरी टोलीमाथि जाइलागेका हुन् । युवाहरुले आफैं रथ तानेर पुल्चोकबाट धमाःफल्चा पाटीसम्म पुर्‍याएका छन् । अहिले पुल्चोक सशस्त्र प्रहरीसमेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!