Tuesday, September 29, 2020
Home > समाज > काभ्रेमा यस्ता जेठाजु, जस्ले लिए आफ्नै बुहारीकाे ज्यान!

काभ्रेमा यस्ता जेठाजु, जस्ले लिए आफ्नै बुहारीकाे ज्यान!

काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८ डराउनेपोखरीमा जेठाजूले बुहारीको ज्यान लिएका छन् । आज (बिहीबार) बिहान जेठाजु सुर्दशन अधिकारीले ३५ वर्षीय बुहारी रञ्जना अधिकारीको ज्यान लिएको प्रहरीले जनाएको छ । श्यामपाटी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले जेठाजु सुर्दशन अधिकारीलाई नियन्त्रणमा लिएको छ । मृतक रञ्जना डराउनेपोखरी स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएकी थिइन् ।

केही समयदेखि श्रीमान र श्रीमतीबीच सामान्य ख’टपट पर्दै आएको स्थानीयले जनाएका छन् । घट्नापछि जिल्लाबाट प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाको नेतृत्व घट्नास्थल पुगेको छ । घरायसी विषयमा वि-वाद हुँदा यस्तो गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । डीएसपी थापाले अनुसन्धान सुरु भएको बताए । आरोपमा पक्राउ परेका सुर्दशन भारत बस्दै आएका भए पनि लकडाउन सुरु हुनुभन्दा अगाडि घरमा बस्दै आएका थिए ।

घरमा मृतक रञ्जनाको श्रीमान शंकर अधिकारी, ससुरा विष्णु प्रसाद अधिकारी, सासु चित्र कुमारी अधिकारी, जेठाजु सुदर्शन अधिकारी बस्दै आएका छन् । मृतक महिलाको अन्दाजी ११ वर्षिय छोरालाई भने उनि तिजमा माईत जाँदा उतै छोडेर आएको स्थानिय अधिकारीले बताए । मृतक रञ्जना र श्रीमान तल्लो घरमा सुत्न आउने र खाना खान माथिल्लो घरमा जाने गरेको स्थानियले बताए । राती सामान्य घर झ-गडा भएको र विहान भाँडा माझ्न लागेको ठाउँमा जेठाजु सुर्दशनले पछाडीबट हानी ज्यान लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

यो पनि : कोरोना सङ्क्रमणबाट बुटवलमा दुई जनाको निधन

बुटवलमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमितको निधन भएको छ । निधन हुनेमा रुपन्देहीको सैनामैना– ११ सालझण्डीकी ७७ वर्षीया महिला र प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ५८ वर्षीय पुरुष छन् । महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज बिहान र पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा गएराति निधन भएको ती अस्पतालले जनाएको छ ।

उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकी ती महिलाको कोरोनासँग मिल्दो लक्षण देखिएपछि बुधबार राति नै पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि उनलाई प्रादेशिक अस्पतालकै आइसोलेशनमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा आज बिहान साढे ४ बजे उनको निधन भएको अस्पतालका कोरोना स्रोत व्यक्ति एंव वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले जानकारी दिए । योसँगै रुपन्देहीमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ११ पुगेको छ ।

यसैगरी कलेजो र फोक्सोमा निमोनियाको समस्या देखिएपछि उपचारका लागि भदौ १० गते मुटु अस्पतालमा भर्ना भएका ती पुरुषको भदौ १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । अस्पतालमा भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनको गएराति ९ बजेतिर निधन भएको स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले जानकारी दिए ।

उहाँका अनुसार योसँगै नगरपालिकामा कोरोना सङ्क्रमणबाट निधन हुने सङ्ख्या दुई पुगेको छ । यसअघि वडा नं. ७ का ६४ वर्षीय पुरुषको उपचारको क्रममा कोरोना अस्पताल बुटवलमा निधन भएको थियो ।

यो पनि : बागलुङ पहिरामा हराएकामध्ये तीनको शव गुल्मीमा

बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति पहिरामा परी हराइरहेकामध्ये तीन जनाको शव गुल्मीको बढीघाट खोलामा फेला परेको छ । मुसिकोट नगरपालिका –५ इन्द्रेगौंँडा ७ को सुदी र चन्द्रकोट गाउँपालिका –८ तीनसिमलस्थित बढिघाट खोला किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार पन्थले जानकारी दिए ।

बढीघाट खोलामा ठूलो बाढी आएपछि स्थानीयवासीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्ने क्रममा किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेका शवमध्ये एक बालक र अन्य दुई जना अन्दाजी ३५÷४० वर्षीया महिला भएको प्रहरीले जनाएको छ ।
उक्त पहिरोग्रस्त क्षेत्रबाट बगेको बढीघाट खोला धेरै मात्रामा गुल्मीको भूभाग हुँदै बग्ने भएका कारण बाढीपहिरामा हराइरहेका अन्य गुल्मीमा भेटिन सक्ने अनुमान गरिएको छ । बुधबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले बढीघाट खोलामा पानीको बहाव बढेकाले स्थानीय प्रशासनले खोला किनारमा बसोबास गर्ने मानिसलाई सुरक्षित रहन आग्रह गरेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!