Thursday, October 1, 2020
Home > समाचार > बागलुङ बाढी अपडेटः ११ जनाको शव भेटियो फेला, अझै ३८ बेपत्ता

बागलुङ बाढी अपडेटः ११ जनाको शव भेटियो फेला, अझै ३८ बेपत्ता

बागलुङ – बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म ११ जनाको शव फेला परेको छ ।

नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ३८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बेपत्ताको सङ्ख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ । घटनास्थलमा फेला परेको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए ।

बाढीले ३१ घरमा पूर्ण क्षति पुर्‍याएको छ । उनले भने, ‘हालसम्म ३८ जना बेपत्ता भएको सूचना स्थानीयवासीबाट प्रहरीलाई प्राप्त भएको छ ।’ घटना स्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्दार गरिरहेको छ । घटनामा हालसम्म चार जना घाइते भएको प्रहरीको भनाइ छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!