Friday, September 18, 2020
Home > भिडियो > परम्पराको निरन्तरता भन्दै निषेधाज्ञा अवज्ञा गर्दै सयौं युवाहरुले रातो मच्छिन्द्रनाथको रथ ताने (भिडियो )

परम्पराको निरन्तरता भन्दै निषेधाज्ञा अवज्ञा गर्दै सयौं युवाहरुले रातो मच्छिन्द्रनाथको रथ ताने (भिडियो )

ललितपुर, १८ भदौ । सांस्कृतिक र सामाजिक परम्परा निरन्तर राख्ने भन्दै लतिलपुरको प्रख्यात रातो मच्छ्रिन्द्रनाथको रथयात्रा युवाहरुले तानेका छन् । काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले भदौ २४ गतेसम्म निषेधाज्ञा कायम राखेको अवस्था र जात्रा एवं चाडपर्व नमनाउन आग्रह गरिरहेको अवस्थामा युवाहरुले रातो मछिन्द्रनाथको रथ तानेका हुन् ।

सामाजिक मापदण्ड र एवं सामाजकि दुरी कायम गरेर रथ तान्न पाउनु पर्ने माग गर्दै युवाहरु विहानै रथ राखेको ठाउँमा पुल्चोक पुगेका थिए । रथ तान्न पुगेका युवाहरुले बिभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर आक्रोश पनि व्यक्त गरेका थिए ।

उनीहरुले सांस्कृतिक र सामाजिक परम्पराको निरन्तरताको लागि रथ पाउनु पर्ने माग राखेका थिए । रथ तान्त्र ठूलो संख्यामा युवाहरु भेला भएपनि स्थानीय प्रशासन र प्रहरीले सतर्क भएको छ । असोज २ गतेदेखि यसपटक मलमास परेकोले पनि रथयात्रा अनिश्चित हुने भन्दै युवाहरु रथ तान्न पुगेका थिए ।

कोरोनाको कारण हुन नसेकेको रथको भने गत असार १० गतेदेखि निर्माण सुरु गरी रथमा मच्छिन्द्रनाथको मूर्ति पनि रथारोहण गरिसकिएको थियो । आज पाटनमा रहेको पूर्णचण्डी मन्दिरमा क्षमापूजा गरिने कार्यक्रम तय गरिएकोमा क्षमा पूजाका लागि तयारी गर्दा गर्दै रथ तान्न पाउनु पर्ने माग गर्दै ठूलो संख्यामा युवाहरु मच्छिन्द्रनाथको रथमा भेला भएका थिए ।

भिडियाे

Leave a Reply

error: Please Dont Copy My Content!! !!