Sunday, September 27, 2020
Home > समाचार > नेपालमै भेटिए स्वचालित पेस्तोल, धम्की देखाएर यस्तो लुटपात गरेपछि…

नेपालमै भेटिए स्वचालित पेस्तोल, धम्की देखाएर यस्तो लुटपात गरेपछि…

विराटनगर महानगरपालिका ४ कंचनबारीबाट १ थान सेमी अटोमेटिक पेस्तोल, सोको १ थान म्यागजिन र ३ राउण्ड गोली सहित कटहरी गाउँपालिका २ बस्ने २७ वर्षीय अभिषेक रायसहित ५ जनालाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ। पेस्तोल देखाई व्यापारीहरुलाई धाकधम्की दिई रकम माग्ने तथा चोरी गर्ने कार्यमा संग्लन रहेको भन्दै प्रहरीले उनीहरू माथि कडा अनुसन्धान शुरु गरेको मोरङ प्रहरीले जनाएको छ।

पेस्तोल र उनीहरूले प्रयोग गरेको को ३२ प ७५२५ नम्बरको मोटरसाइकल समेत प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अवैध हतियारसहित विराटनगरबाट तीन जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–४, कंचनबारीबाट १ थान सेमी अटोमेटिक पेस्तोल, सोको १ थान म्यागजिन र ३ राउन्ड गोलीसहित ५ जनालाई मंगलबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कटहरी गाउँपालिका–२ बस्ने २७ वर्षीय अभिषेक रायसहित ५ जना रहेका प्रहरीले जनाएको छ। केही व्यक्तिहरुले व्यापारीहरुलाई धाकधम्की दिई रकम माग्ने तथा चोरी गर्ने कार्यमा संग्लन रहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोराङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूले प्रयोग गरेको को३२प ७५२५ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका पाँचै जनालाई हिरासतमा लिए थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!