Thursday, October 1, 2020
Home > समाचार > फेरि बाग्लुङमा बाढीकाे वितण्डाः ६ जनाकाे शव भेटिए, बेपत्ता थाहै हुन सकेन!

फेरि बाग्लुङमा बाढीकाे वितण्डाः ६ जनाकाे शव भेटिए, बेपत्ता थाहै हुन सकेन!

बागलुङ । बागलुङमा गए रातिदेखि निरन्तरको वर्षासँगै गएराति बागलुङको ढोरपाटन नगरपािलका-९ भुजीखोलामा आएको बाढीले खोला किनाराका बस्ती बगाउँदा १३ जना बेपत्ता भएका छन् । ६ जनाको शव फेला परेको छ । अरिवरल वर्षासँगै बुधबार राति १२ बजेतिर आएको बाढीले खोला किनाराका घर बगाउँदा १३ जना सम्पर्कविहीन भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख, प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

‘रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो यकिन हुन सकेको छैन’, भण्डारीले भने, ‘अहिले उद्धारको काम भइरहेको छ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ ।’ स्थानीयले दिएको जानकारी अनुसार हालसम्म ढोरपाटन नगरपालका-९ साबिक बोवाङ गाविसको भुसुण्डेको बस्ती, सुप्राङ बगालेडेरा, दुनेपधेरा, लाकुरिबोट, दोगाडी लगायतका बस्तीहरुमा ठूलो क्षति पुगेको छ ।

त्यसैगरी विद्युत गृह, सरस्वती आधारभूत विद्यालय र जनचेतना प्राथिमिक विद्यालयको भवनमा समेत क्षति पुगेको छ । बाढीले कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । अरिवरल वर्षासँगै बुधबार राति १२ बजेतिर आएको बाढीले खोला किनाराका घर बगाएकाे थियो ।

बुधबार राति करिब १०-११ बजे भारी वर्षाका कारण ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ हुदैँ बग्ने भुजि खोलाले घरहरू बगाएको हो।प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले घटना भएको जानकारी आएपछि राति नै उद्दार तथा बेपत्ताको खोजीको लागि नेपाली सेना तथा नेपाल प्रहरीको टोली खटाएको बताए।

स्थानीयले दिएको जानकारी अनुसार हालसम्म ढोरपाटन नगरपालका-९ साबिक बोवाङ गाविसको भुसुण्डेको बस्ती, सुप्राङ बगालेडेरा, दुनेपधेरा, लाकुरिबोट, दोगाडी लगायतका बस्तीहरुमा ठूलो क्षति पुगेको छ ।’नेपाली सेना र प्रहरी परिचालन भइसकेको छ। त्यहाँ पुग्न सदरमुकामबाट ६-७ घण्टा लाग्छ मेरो नेतृत्वमा हामी त्यहाँ जादैँ छौं,’उनले भने,’अहिले कति घर बगाएको भन्ने यकिन भइसकेको छैन।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!