Tuesday, September 29, 2020
Home > समाचार > बिदेश जादै हुनुहुन्छ या छुट्टि आउदै हुनुहुन्छ? श्रम स्विकृतिका लागि यस्तो अवस्य बनाउनुस्!

बिदेश जादै हुनुहुन्छ या छुट्टि आउदै हुनुहुन्छ? श्रम स्विकृतिका लागि यस्तो अवस्य बनाउनुस्!

काठमाडौँ– सरकारले श्रम स्वीकृतिका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य गरेको छ । श्रम स्वीकृति लिनका लागि सम्बन्धित रोजगारदाताले हालसालै जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ को प्रमाणपत्र सम्बन्धित देशमा रहेको नेपाली दूतावासमा प्रमाणिकरण गराएर पेश गर्नुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

यस्तै व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको हकमा पनि सम्बन्धित रोजगारदाता कम्पनीले नै वैदेशिक रोजगार ताहाचल कार्यालयको इमेल ठेगानामा ‘नो अब्जेक्सन सर्टिफिकेट’ पठाएको खण्डमा मात्र श्रम स्वीकृति दिइने कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको महामारीपछि गएको फागुनको अन्तिम सातादेखि रोकिएको नयाँ श्रम स्वीकृति सरकारले भदौ १४ गतेदेखि खुलाएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!