Tuesday, September 29, 2020
Home > समाचार > हुम्लाको रोडिकोटमा भीषण आगलागी, क्षतिको विवरण आउदै…

हुम्लाको रोडिकोटमा भीषण आगलागी, क्षतिको विवरण आउदै…

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ । एक घरबाट शुरु भएको आगलागीबाट अहिले १५ भन्दा बढी घर जलेर नष्ट भएको आगालागीस्थलबाट स्थानीयवासी धर्मराज शाहीले बताए ।

बेलुकी करीब ६ बजेतिर एक्कासि गाउँमा आगलागी भएको जनाइएको छ । नियन्त्रणका लागि गाउँका सबै गए पनि केही गर्न नसकिएको बताइएको छ । पानीको हाहाकार भएकाले निभाउन सकिएको छैन । आगलागी नियन्त्रणका लागि गाउँपालिका केन्द्रबाट प्रहरीको टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए । रासस

याे पनि पढ्नुस्ः भारतमा पब्जीसहित ११८ वटा चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध

एजेन्सी । भारत सरकारले चीनले विकास गरेका पब्जीसहित ११८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ । बुधबार भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले एक विज्ञप्ति जारी चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको जानकारी दिएको हो । विज्ञप्तिमा ती एप्सहरुको प्रयोगले भारतको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र सुरक्षामा समेत खतरा पैदा भएको जनाइएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘ यो कदमले भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोग गर्नेहरुको समेत हितको रक्ष ागर्नेछ । यो निर्णयले भारतको साइबर स्पेसको सुरक्षा र सार्वभौमिकता सुनिश्चित गर्ने निश्चित छ ।’ विज्ञप्तिमा भारत सरकारले विभिन्न श्रोतहरुबाट यी एप्सको दुरुपयोगबारे गुनासाहरु प्राप्त भएको समेत जनाइएको छ ।

जसमा एन्ड्रोइड र आइओएसमा उपलव्ध केही मोबाइल एप्स प्रयोगकर्ताका डाटा अनौपचारिक रुपमा चोरी भएको र भारतबाहिर सर्भरमा पठाइएका रिपोर्टहरु समेत सरकारलाई प्राप्त भएको जनाइएको छ । यसअघि जून महिनामा पनि भारतले टिकटक सहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो ।

लद्दाखस्थित सीमानामा दुई देशका सेनाबीच थप तनाव बढेपछि भारत सरकारले चीनप्रति कडा नीति लिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!