Tuesday, September 29, 2020
Home > समाचार > बिहानै मर्स्याङ्दीमा मिनी ट्रक खस्यो, चुर्लुम्मै डुब्यो ट्रक!

बिहानै मर्स्याङ्दीमा मिनी ट्रक खस्यो, चुर्लुम्मै डुब्यो ट्रक!

सविन लामिछाने । तनहुँ, १७ भदौ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– २ मा पर्ने ऐना पहरा नजिकबाट आज बिहान मर्स्याङ्दी नदीमा मिनी ट्रक खसेको छ । जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख रेशम बहादुर रानाभाटका अनुसार घटनास्थलको प्रकृति हेर्दा सवारीसाधन खसेको जस्तो देखिएकाे छ ।

मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेका यात्रुहरुले खबर गरेपछि घटनास्थल हेर्दा कुनै सवारी साधन नदीमा खसेको देखिएको उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, “नदीको सबैभन्दा गहिरो भाग रहेकाले कुन सवारी साधन हो, देखिएको छैन । गोताखोर मगाएका छौँ ।”

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले सडकको डिभाइडर भाँचेर कुनै सवारी साधन नदीमा खसेको जस्तो देखिएको बताउनुभयाे । घटनास्थलमा गएका पौडेलले भन्नुभयाे, “प्रमुख जिल्ला अधिकारी र म पनि अहिले घटनास्थलमा छु ।

सवारी साधन यो भन्ने देखिएको छैन, सिसिटिभी फुटेजमा बिहानको दृश्य हेर्दा पोखराबाट आउँदै गरेको मिनी ट्रक बाटोमा देखिएकाले त्यही हो कि भन्ने अनुमान छ, यकिन भइसकेको छैन ।”

Leave a Reply

error: Please Dont Copy My Content!! !!