Sunday, September 27, 2020
Home > जीवनशैली > डाक्टरहरुले महिलाको मुखबाट निकाले ४ फीट लामो सर्प (भिडियो सहित)

डाक्टरहरुले महिलाको मुखबाट निकाले ४ फीट लामो सर्प (भिडियो सहित)

एजेन्सी । रुसको दागिस्तान क्षेत्रको एक महिलाको मुखबाट डाक्टरहरुले ४ फीट लामो सर्प निकालेका छन । समाचारमा जनाइए अनुसार गत सोमबार पेट दुखाइको समस्या लिएर अस्पताल पुगेकी महिलाको मुखबाट सर्प निकालिएको हो । डाक्टरहरुले सुरुमा ती महिलाको समस्याको पहिचान गर्न नसकेपनि परीक्षण पछि पेटमा केही भएको पत्ता लगाएका थिए । त्यसलगत्तै ती महिलालाई बेहोस गराएर मुखमा पाइप हालेर पेटमा देखिएको त्यो बस्तु निकाल्न सुरु गरे ।

त्यो बस्तुलाई पुरै बाहिर निकालिसके पछि सर्प भएको थाहा भएको थियो । डाक्टरहरुले ती महिलाको मुखबाट सर्प निकालेको भिडियो अहिले सामाजिक सञ्जालमा शेयर भएलगत्तै भाइरल भएको छ । डाक्टरले ती महिलाको मुखबाट सर्प निकालिएको दृष्य देखाइएको छ । डेलीमेलमा प्रकाशित समाचार अनुसार ती महिला दागिस्तानको लेभासी गाउँमा रहेको आफ्नो घरको बगैंचामा सुतिरहेकी थिइन ।

सुत्ने बेला उनको मुख खुला थियो र मुखबाटै सर्प पेटमा पुगेको थियो । सर्प पेटमा पुगेर पीडित बनेकी ती महिलाको पहिचान खुलाइएको छैन । समाचार अनुसार दागिस्तान र त्यस वरपरका क्षेत्रमा यस्ता घटनाहरु भैरहन्छन ।

भिडियो हेर्नुहाेस्ः

गर्मीमा दही सेवन गर्दा फाइदै फाइदा
गर्मी मौसममा चिसो पेय निकै सेवन गरिन्छ । तर बजारमा पाइने कतिपय केमिकलयुक्त पेयले मानिसलाई फाइदाको साटो हानी पुर्याउँदछ । तथापी मानिसहरु गर्मीको नाममा बोतलबन्द चिसो पेय पिउने गर्दछन् । गर्मी मौसमा शरीरबाट अत्यधिक पसिना आउने भएकोले पानीको मात्र पुरा गर्न तरल पर्दाथ पिउनु लाभदायक हुन्छ ।

यस्तोमा पानी वा दहीको सेवन सबैभन्दा उपयुक्त हुन्छ । गर्मीमा चिसो दही खाँदा शरीरमा शितलता प्राप्त हुनुका साथै स्वास्थ्यमा समेत धेरै फाईदा पुग्दछ । यस्तो छ दही खानुको फाइदा

पेटसम्बन्धी समस्या हुनेलाई दहीको सेवन अत्यन्त उपयोगी मानिन्छ । अरुचीको समस्या भएकालाई दहीको सेवन गरेमा भोक लाग्न थाल्दछ । आन्द्रा तथा पेट सम्बन्धि रोगहरुमा दहीको नियमित सेवनले फाइदा पुर्याउँछ । दहीको सेवनले मुटुको रोग, उच्च रक्तचाप लगायतका रोग नियन्त्रयामा सघाउ पुर्याउँछ । दहीको नियमित सेवनले कोलस्ट्रोल स्तर बढ्नबाट रोक्दछ ।

त्यस्तै मुटुको धड्कन बढ्ने समस्यामा पनि दहीको सेवन लाभदायी हुन्छ । दहीको सेवनले हड्डीहरुको विकासमा सहयोग पुर्याउँछ । दाँत, नङ बलियो पार्न पनि दहीको सेवन उपयोगी हुन्छ । अनिन्द्राका समस्या भएकाहरुले दैनिक एक कचौरा दही खाएमा राम्रो निन्द्रा पर्न थाल्दछ । दैनिक दही खाँदा पाचन प्रक्रिया राम्रो बनाउन सहयोग पुर्याउँछ ।

तर स्मरण रहोस्, खाली पेटमा भुलेर पनि दहीको सेवन गर्नु हुदैन । दहीमा पाइने प्रोबायोटिक ब्याक्टेरियाले खाली पेटको एसिडको स्तरलाई बढाउने गर्दछ । जसले पेट पोल्ने समस्या उत्पन्न हुन्छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!