Tuesday, September 29, 2020
Home > समाचार > २६ बर्षिया श्रीमातिलाई श्रीमानले नै यस्तो वि’भ’त्स ह’त्या गरेपछि…

२६ बर्षिया श्रीमातिलाई श्रीमानले नै यस्तो वि’भ’त्स ह’त्या गरेपछि…

बुटवल । गत महिना प्युठानको झिम्रुक खोलामा मृ’त फेला परेकि एक महिलालाई श्रीमानले ह’त्या गरेर फालेको खुलासा भएको छ । गत साउन १७ गते झिम्रुक खोलाको बगरमा मृ’त फेला परेकी गौमुखी गाउँपालिका वडा नम्वर ७ नारीकोटकी २६ वर्षीया माया विकलाई उनकै श्रीमान हरिबहादुर विकले घाँटी निमोठेर ह’त्या गरेको प्रहरी समक्ष स्वीकार गरेका हुन् । श्रीमानको बयानले प्यूठान प्रहरी प्रमुख नरेन्द्र कार्की चकित परकाे छन् ।

उनले सुरुमा साउन १४ गते राती ह त्या गरि बाँस रोप्न खनेको खाल्डोमा लगेर पुरेको बताउँदै पछि आफ्ना बाबु र छिमेकीको सहयोगमा श’व बोकेर झिम्रुक खोलामा लगेर फालेको निजले स्वीकार गरेको प्युठानका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए । अभियुक्तलाई पूर्पक्षका लागि अदालतले कारागार चलान गरेको र श’व खोलामा लगेर फाल्न सघाउने अभियुक्तका बाबु र छिमेकीलाई धरौटीमा छाड्ने आदेश भएपनि धरौटी बुझाउन नसकेर कारागारमै रहेको डिएसपी कार्कीले बताए ।

अभियुक्तका बाबु पुड्के कामीलाई डेढ लाख धरौटी र छिमेकी महेन्द्र सावतलाई १ लाख धरौटीमा छाड्ने अदालतको आदेश रहेको मृ’तक माया विकका दाजु कृष्णबहादुर सुनारले बताए । ती दम्पत्तीबीच साउन १० गते राती झ’गडा भएको थियो । श्रीमानले ज्यान मा’र्न सक्ने डरले माया नारीकोटकी अगुवा महिला मधु जिसीकहाँ घाँटीमा नि’लडा’म लिएर पुगेको समेत खुलेको छ ।

सोही दिन मधुको सल्लाहमा उनी स्थानीय ईलाका प्रहरी कार्यालयमा उजुरी दिन पुगेकी थिइन् । त्यसबेला उनका श्रीमान हरिबहादुरलाई प्रहरीले बोलाएर मिलापत्र गराएको थियो । त्यसको रिस साँ’धेका हरिबहादुरले श्रीमतिले कानमा लगाएका सुनका झुम्का माग्दै नि’हुँ खोज्दै आएको मृ’तकका दाजु सुनारले बताए ।

घटनाबारे डिएसपी कार्की भन्छन्– ‘घरमा सामान्य विवाद चलेलगत्तै श्रीमतिले दा’उराले हा’नेपछि आफुले घाँटी थि’चेर ह’त्या गरि खा’ल्डोमा लगेर गा’डेको र पछि झिम्रुक खोलामा लगेर फालेको निजले स्वीकार गरेको छ ।’ माया विकको माईती घर सोही गाउँपालिका वडा नम्वर ४ खुङ हो । उनीहरुबीच ६ वर्षअघि प्रेमविवाह भएको थियो । उनीहरुकी ५ वर्षकि छोरी छन् । गत ३ वर्ष यता उनीहरुको सम्वन्ध बि’ग्रेको थियो । त्यसयता हरिबहादुरले श्रीमतिलाई कु’टपि’ट समेत गर्दै आएको जनाइएको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि लागू गरिएको निषेधाज्ञा भोली राती देखि सकिदैछ । भदौ १७ गते निषेधाज्ञाको समय सकिने भएकाले त्यसवारे थप निर्णय लिन उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीको बैठक बसेको छ । बैठक अघि प्रमुख जिल्ला अधिकारीहरुले जनप्रतिनिधि, ब्यवसायी, उद्योगी लगायत सरोकारवालासंग छलफल गरेको थियो । जनप्रतिनिधिहरुले काठमाडौमा निषेधाज्ञाले मात्र नपुग्ने भन्दै कर्फ्र्यु लगाउन सुझाव दिएका छन् । तर उद्योगी ब्यवसायीले निषेधाज्ञाको विकल्प खोज्न आग्रह गर्दै उद्योग धन्दा संचालन गर्ने बातावरण बनाउन सुझाव दिएका छन् ।

सबैको सुझावका आधारमा सिडिओको बैठकले भोली देखि सकिने निषेधाज्ञा पुन एक साता बढाउने निष्कर्षमा पुगेका छन् । तर त्यसको निर्णय भने गृहमन्त्रालयले गर्ने भएको छ । भोली गृहमन्त्रालयले यस बारेमा निर्णय सार्वजनिक गर्ने भएको छ । उपत्यकामा कोरोना संक्रमितको दर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा गर्ने तयारी तिन जिल्ला प्रशासन कार्यालयले गरेका छन् । तर उद्योगी ब्यवसायी लगायतको सुझावका आधारमा निषेधाज्ञा केही खुकुलो भने हुने भएको छ ।

अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पार्ने योजना सिडियोले बनाएका छन् । दैनिक उपभोग्य सामानको होम डेलिभरीलाई खुकुलो बनाउने निष्कर्ष निकालिएको छ । मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा होम डेलिभरी र टेकअवे सेवालाई खुला गर्ने तथा निर्माणका सामान र भन्सारबाट आउने सामग्रीलाई पनि सहजीकरण विषयमा छलफल भएको छ । तर त्यसका निष्कर्ष भने आइनसकेको ललितपुरका सीडीओ भट्टले बताएका छन् । यस बारेमा थप निर्णय गृहमन्त्रालयले गर्नेछ ।

तर, यसबारे अन्तिम निर्णय भने बुधबार गृह मन्त्रालयमा गृह सचिव महेश्वर न्यौपानेसँगको छलफल पछि आउने उनले बताएका छन् । उपत्यकामा कोरोना बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए । तर, १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!