Tuesday, September 29, 2020
Home > समाचार > ए’सिड आ’क्रमणकि पीडित मुस्कान खातुनले प्रधानमन्त्रीलाई भेटिन

ए’सिड आ’क्रमणकि पीडित मुस्कान खातुनले प्रधानमन्त्रीलाई भेटिन

काठमाडौं- ए’सिड आ’क्रमणकी पीडित मुस्कान खातुनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छन्। मंगलबार बालुवाटार पुगेर उनले प्रधानमन्त्री ओलीलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए। गत वर्ष असोजमा वीरगन्जमा मुस्कानमाथि ए’सिड आ’क्रमण भएको थियो। प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै एक युवकले उनीमाथि ए’सिड प्रहार गरेका थिए ।

नेपालमा पछिल्ला वर्षहरुमा ए’सिड आ’क्रमणका घटनाहरु बढिरहेका छन्। केही महिना अघि मात्र ओखलढुंगाकि एक युवतीमाथि गोँगबु क्षेत्रमा ए’सिड आ’क्रमण भएको थियो। उनको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।

उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि लागू गरिएको निषेधाज्ञा भोली राती देखि सकिदैछ । भदौ १७ गते निषेधाज्ञाको समय सकिने भएकाले त्यसवारे थप निर्णय लिन उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीको बैठक बसेको छ । बैठक अघि प्रमुख जिल्ला अधिकारीहरुले जनप्रतिनिधि, ब्यवसायी, उद्योगी लगायत सरोकारवालासंग छलफल गरेको थियो । जनप्रतिनिधिहरुले काठमाडौमा निषेधाज्ञाले मात्र नपुग्ने भन्दै कर्फ्र्यु लगाउन सुझाव दिएका छन् । तर उद्योगी ब्यवसायीले निषेधाज्ञाको विकल्प खोज्न आग्रह गर्दै उद्योग धन्दा संचालन गर्ने बातावरण बनाउन सुझाव दिएका छन् ।

सबैको सुझावका आधारमा सिडिओको बैठकले भोली देखि सकिने निषेधाज्ञा पुन एक साता बढाउने निष्कर्षमा पुगेका छन् । तर त्यसको निर्णय भने गृहमन्त्रालयले गर्ने भएको छ । भोली गृहमन्त्रालयले यस बारेमा निर्णय सार्वजनिक गर्ने भएको छ । उपत्यकामा कोरोना संक्रमितको दर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा गर्ने तयारी तिन जिल्ला प्रशासन कार्यालयले गरेका छन् । तर उद्योगी ब्यवसायी लगायतको सुझावका आधारमा निषेधाज्ञा केही खुकुलो भने हुने भएको छ ।

अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पार्ने योजना सिडियोले बनाएका छन् । दैनिक उपभोग्य सामानको होम डेलिभरीलाई खुकुलो बनाउने निष्कर्ष निकालिएको छ । मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा होम डेलिभरी र टेकअवे सेवालाई खुला गर्ने तथा निर्माणका सामान र भन्सारबाट आउने सामग्रीलाई पनि सहजीकरण विषयमा छलफल भएको छ । तर त्यसका निष्कर्ष भने आइनसकेको ललितपुरका सीडीओ भट्टले बताएका छन् । यस बारेमा थप निर्णय गृहमन्त्रालयले गर्नेछ ।

तर, यसबारे अन्तिम निर्णय भने बुधबार गृह मन्त्रालयमा गृह सचिव महेश्वर न्यौपानेसँगको छलफल पछि आउने उनले बताएका छन् । उपत्यकामा कोरोना बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए । तर, १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो । दोस्रो पटक निषेधाज्ञा थप्ने निर्णय पनि निषेधाज्ञा सकिने दिन मात्र गरिएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!