Friday, September 25, 2020
Home > समाचार > आज फेरि नेपालमा भूकम्पको धक्का

आज फेरि नेपालमा भूकम्पको धक्का

डोटी- डोटीको केआइसिंह गाउँपालिका–१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले डोटीसहित छिमेकी जिल्लामा समेत धक्का महसुस गराएको बताइएको छ ।

संविधानले महिलालाई दिएको अधिकार कार्यान्वयन गर्नुपर्छ
काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानले महिलालाई दिएको अधिकार कार्यान्वयन गर्नुपर्ने बताएका छन् । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले महिला नेत्री मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आज आयोजना गरेको भर्चुअल साप्ताहिक कार्यक्रमको समापनमा उनले संविधानले दिएको अधिकार कार्यान्वयनका लागि महिला सशक्त भएर अगाडि बढ्नुपर्ने बताए ।

नेता सिंहले स्व सिंह नेपाली महिलाको अधिकारका लागि आवाज उठाउने तथा उनीहरुको पहिचान, स्वतन्त्रताका लागि लड्ने साहसी महिला भएको बताए । पार्टीको १४ औँ महाधिवेशनका लागि महिलालाई क्रियाशील बनाउनु जरुरी रहेको सिंहको भनाइ थियो । कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले नेपाली महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताइन् ।

केन्द्रीय सदस्य सुजाता कोइरालाले नेत्री सिंहले महिला अधिकार र प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको बताइन । “संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिइए पनि महिलाको अधिकार किन स्थापित हुन सकेन, काँग्रेसजस्तो प्रजातान्त्रिक पार्टीमा किन महिला पछाडि परे, यसबारे सरकार र पार्टीभित्र छलफल हुनुपर्छ”, उनले भनिन ।

केन्द्रीय सदस्य एवम् गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले महिला समानता, सामाजिक न्याय र राजनीतिक अधिकार निर्माणमा सिंहको महत्वपूर्ण भूमिका रहेको बताए । केन्द्रीय सदस्य कमला पन्तले संसद्मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व भए पनि महिलाले केही अधिकार स्थापित गर्न नसकेको उल्लेख गरिन । कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले नेपाली महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताइन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!