Tuesday, September 29, 2020
Home > समाचार > कोरोनाकै कारण पूर्वन्यायधिशकाे निधन

कोरोनाकै कारण पूर्वन्यायधिशकाे निधन

काठमाडौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट १ जना पूर्वन्यायाधीशको मृत्यु भएको छ । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मुटु रोगी रहेका चालिसे विगत ५ दिनदेखि गंगालाल अस्पताल बाँसबारीमा उपचाररत थिए । काठमाडौंका चालिसे तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड भएका हुन् ।

यसैगरी पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप २ जनाको ज्यान गएको छ । नारायणी अस्पतालमा उपचार गराइरहेका पहिचान नखुलेका १ जना र बाराको कोल्भी नगरपालिकाका १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

बेवारिसे अवस्थामा सडकमा भेटिएका अन्दाजी ६० वर्षका पुरुषलाई कोभिड एक्सन टिमका युवाहरुले शनिबार अस्पताल लगेका थिए । यस्तै अस्पतालमा छ दिनदेखि उपचार गराइरहेका बाराको कोल्भी नगरपालिकाका ६० वर्षीय पुरुषको बिहान ज्यान गएको हो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

Leave a Reply

error: Please Dont Copy My Content!! !!