Friday, September 18, 2020
Home > समाचार > बिरामी बोकेकाे एम्बुलेन्स त्रिशुलीमा खसेपछि एक जनाकाे ज्यान गयो

बिरामी बोकेकाे एम्बुलेन्स त्रिशुलीमा खसेपछि एक जनाकाे ज्यान गयो

काठमाडौ । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ पानीधारामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने चार जना घाइते भएका छन् । निधन हुनेमा सर्लाहीको बरहथवा–२ का १५ वर्षीय बादे राना मगर छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार घाइते मगरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा निधन भएको हो । अन्य घाइतेको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

काठमाडौँबाट बिरामी लिएर सर्लाही जानका लागि आउँदै गरेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैँ अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल त्रिशूली नदी किनारमा खस्दा चालकसहित एम्बुलेन्समा सवार सबै घाइते भएका छन् । दुर्घटना बिहान ५ः१५ बजे भएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!