Monday, October 26, 2020
Home > समाचार > भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

एजेन्सी, १५ भदौ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेमा निधन भएको छ । कोरोना संक्रमित उनको निधन आज (सोमबार) भएको हो । पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको उनका छोरा अभिजित मुखर्जीले केही बेरअघि ट्विट गर्दै जानकारी दिएका हुन् । कोरोना संक्रमण पुष्टि भएपछि उनी केही दिनदेखि अस्पतालको कोमामा थिए ।

मस्तिष्क सर्जरीका लागि मुखर्जीलाई सैनिक अस्पताल भर्ना गरिएको थियो। सर्जरीअघि गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो। उनको अवस्था झन विक्रिदै गएको बताउदै आएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!