Wednesday, November 30, 2022
Home > समाचार > सिके राउत सर्मथित युवाहरू ज्ञापन–पत्र बुझाउन जाँदा प्रहरीद्वारा रामधुलाई -पूरा हेरेर सक्दो शेयर गरौ

सिके राउत सर्मथित युवाहरू ज्ञापन–पत्र बुझाउन जाँदा प्रहरीद्वारा रामधुलाई -पूरा हेरेर सक्दो शेयर गरौ

सिरहा: जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाउन गएकामाथि प्रहरीले लाठी चार्ज गरेको छ । त्यसक्रममा पत्रकारमाथि पनि प्रहरीले दुर्व्यवहार गरेको छ ।गत भदौं १५ गते नेपाल प्रहरीको हिरासतमा मृत्यु भएका राममनोहर यादवको न्यायको माग गर्दै ज्ञापन पत्र बुझाउन गएका थिए ।न्यायिक छानबिन समिति बन्नुपर्ने, शहीद घोषणा, परिवारलाई क्षतिपूर्ति, पत्नीलाई जागिर र बच्चालाई शिक्षाको व्यवस्था माग राख्दै ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय सिराहा पुगेका थिए ।

सिके राउत सर्मथित युवाहरू पुगेपछि प्रहरीले मुल गेटमै रोकेको थियो ।त्यसक्रममा भित्र प्रवेश गर्न नदिएपछि उनीहरु नाराबाजी गर्न थालेपछि प्रहरीले लाठी चार्ज गर्दै एक महिलासहित १० जनालाई पक्राउ गरेका हुन् ।पक्राउ पर्नेहरुमा सतिला यादव, मनिस यादव, बालेश्वर यादव, शुभलाल महतो, राजकुमार यादव, जितन यादव, ज्ञान कामती, पप्पु यादव, राजकुमार यादव र रामसुगन यादव रहेको सुदिपराज कुशवहाले बताए ।

पक्राउ परेकाहरुलालई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको उनले बताए ।लाठी चार्ज गर्दै प्रहरीले महिलामाथि समेत पुरुष प्रहरीले दुव्यवहार गरेको र सामाचार संकलन गर्न जाँदा अपन दैनिक पत्रिका प्रकाशक/सम्पादक तथा एभिन्यूज र जनताटाइम्स अनलाइनका सिरहा संवाददाता शुभ नारायण कामतीलाई प्रहरीले दुव्र्यवहार गर्दै क्यामरा खोस्ने प्रयास गरेको थियो ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) जिवन श्रेष्ठसित बुझ्न खोज्दा फोन उठाएन ।तारेखका लागि जिल्ला अदालत पुगेका स्वतन्त्र मधेश गठबन्धनका संयोजकडा. सिके राउतसँगै सिरहा पुगेका उनीहरु तारीख पश्चात् ज्ञापन-पत्र बुझाउने कार्यक्रम राखेका थिए ।तारीख सकेपछि डा. राउतलाई बिदाई गरेर उनीहरु ज्ञापन-पत्र बुझाउन जाँदा जिल्ला अधिकारीले लिन मानेन् ।राउत समर्थकले प्रहरी र जिल्ला अधिकारी विरुद्ध नाराबाजी गरेपछि पक्राउ गरेको जनाइएको छ ।

Leave a Reply