Thursday, October 29, 2020
Home > प्रवास > साउदीमा एक नेपालीकाे यस्तो बिजोग! रेमिटेन्स चाहिने, रेमिटेन्स पठाउने चै नचाहिने हाे सरकार?

साउदीमा एक नेपालीकाे यस्तो बिजोग! रेमिटेन्स चाहिने, रेमिटेन्स पठाउने चै नचाहिने हाे सरकार?

एजेन्सी । अनिल मियाले ७ महिना अघि वैदेशिक रोजगारकालागि साउदी जाँदा आफ्नै देशका दाजुभाईले यसरी ठग्लान् भन्ने सोचेकै थिएनन् । तर आज उनले जे नसोचेको त्यही भइदियो । काठमाडौँस्थित साईनिङ्ग स्टार म्यानपावर मार्फत साउदीको अलमल्की कम्पनीमा पुगेका स्याङ्जा पुतलीबजार नगरपालिकाका अनिल मिया अहिले कोरोना कहरको समयमा साउदीको चर्को घाममा अलपत्र परेका छन् ।

नेपालबाट एजेन्टले कम्पनीमा भनेर पठाएको र साउदी पुगेपछि सप्लाई कम्पनीमा काम लगाएको तथा काम गर्ने ८ घण्टा भनेकोमा १० घण्टा काम गर्न लगाएको समेत उनले जानकारी दिए । नेपालबाट ड्राइभर भनेर पठाए पनि लेवरको काम गर्नु परेको उनले बताएका छन् ।

५० डिग्रीभन्दा माथि तापक्रममा आफू सडकमा नै बस्न बाध्य भएकोर कम्पनीले आधा घण्टाभित्रै कोठा छोडेर जान भनेपछि आफू कोठाबाट निस्किएसँगै अलपत्र परेको उनले बताए । एजेन्ट र दूतावासले पनि बेवास्ता गरेको कारण विगत ५५ दिनदेखि उद्दारको पर्खाइमा साउदीको सडकमा रातदिन बिताईरहेका छन् । साउदी स्थित नेपाली दुतावासले यस विषयमा अहिलेसम्म केही कदम नचालेको उनले गुनासो गरेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!