Saturday, October 24, 2020
Home > समाचार > भक्तपुर, वीरगन्ज र ललितपुरमा ३ जना संक्रमितको होम आइसोलेसनमै मृत्यु

भक्तपुर, वीरगन्ज र ललितपुरमा ३ जना संक्रमितको होम आइसोलेसनमै मृत्यु

काठमाडौ । आज भक्तपुर, वीरगन्ज र ललितपुरमा ३ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा दिनदिनै यसरी कोरोना संक्रमित बढिरहेको थियो । नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचार गराइरहेका रौतहटको राजपुर, तुल्सीका ४० वर्षीय व्यक्तिको आइतबार बिहान मृत्यु भएको छ । मधुमेहका समेत बिरामी रहेका ती युवकमा पछिल्लो समय गम्भीर निमोनिया देखिएको अस्पतालले जनाएको छ ।

शुक्रबार उक्त अस्पताल भर्ना भएका उनको उपचार क्रममा आइतबार बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जनाए । ‘मधुमेहका समेत रोगी रहेका ती युवकमा गम्भीर किसिमको कोभिड निमोनिया देखिएको थियो,’ उनले भने ।

यसैगरी भक्तपुर नगरपालिका–१ दूधपाटीका कोरोना संक्रमित ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । उच्च रक्तचाप, मधुमेहका बिरामी ती पुरुषको भदौ ११ मा पीसीआर परीक्षण गरेर १२ गते (शुक्रबार) संक्रमण पुष्टि भइ होम आइसोलेसनमा रहेको भक्तपुर नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले बताए । होम आइसोलेसनमै स्वास्थ्यलाभ गरिरहेका ती पुरुषको शनिबार राति मृत्यु भएको उनले बताए ।

कोरोना भाइरस पुष्टि भएपछि अस्पताल लैजान अनुरोध गर्दा परिवारले एक्लै खाना खान समस्या हुने भन्दै होम आइसोलेसनमा राखेको खत्रीले बताए । मृतकका परिवार सदस्यको पीसीआर परीक्षण गर्ने तयारी भएको जनाएको छ । मृतकको लाश नेपाली सेनाको लाश व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताए । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । जसमध्ये, ४ जना महिला र ३ जना पुरुष छन् ।

यता शनिबार राति ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार शनिबार राति १० बजे ललितपुरका २९ वर्षीय कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु भएको हो । उनी साउन २८ गते अस्पताल भर्ना भएका थिए ।

यसअघि शुक्रबार र शनिबार नै गरी ललितपुरमा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । योसहित ललितपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार शनिबार साँझसम्म ललितपुरमा कोरोना संक्रमितको संख्या ६ सय ५ पुगेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये ६० जना निको भएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!