Wednesday, October 21, 2020
Home > Uncategorized > छोरी जिस्काएको भनेर अर बीले झन्डै मा,रेन, “आना नफर जदिद” भन्दै माफी माँगे

छोरी जिस्काएको भनेर अर बीले झन्डै मा,रेन, “आना नफर जदिद” भन्दै माफी माँगे

भगवान घिमिरे, भर्खरै कतार आएका थियौं । रहनसहन केही थाहा थिएन । अलखोर भन्ने शहरको भिल्ला नम्बर ५ मा ३५ जना बस्थ्यौं । एक दिन ४/५ जना चार तल्ला माथि छतमा बसेर भुइँतल्लाको किचेनमा खाना बनाइरहेका साथीहरुसँग अलि च’र्को स्वरमा कुरा गरिरहेका थियौं । यत्तिकैमा पारिपट्टिको छतमा रहेकी एउटी केटीले अरबी भाषामा हामीलाई झ’पार्न थाली । उसले सम्झिछ कि हामीले उसलाई जि’स्क्याउँदै छौं ।

रि’सले भु’त्भुताउँदै तल झरी । फेरि उसकी आमा छतमा आएर गाली गर्न पो लागिन् । गालीले सातोपुत्लो उडेर हामी तल भुइँतल्लामा झर्‍यौं । हामीलाई न त अरबिक नै आउँथ्यो, नत अंग्रेजी नै । त्यसैले हामी कुनै सफाई दिन लागेनौं । केहीबेर पछि एकजना अरबी ल्याण्डक्रुजर गाडीमा आएर हाम्रो गेट बाहिर आएर हर्न बजाउन थाल्यो ।

साथीहरु ड’रले थ’र्कमान भैहाले । हामीले अनुमान लगायौं, ती महिलाले बुढालाई भनिछ र बुढो चैं हामीलाई झ’पार्न आयो । उसले गाडीमै बसेर गा’ली गर्न थाल्यो । पुलिस बोलाउने जस्तो कुरा गरेझैं लाग्यो । अब यो यत्तिकै जाँदैन गएर माफ मागौं भनेको, सबै साथी ड’राए । जब’र्जस्ती गाडीमा हालेर पुलिसमा लग्यो भने, कु’ट्यो या कम्पनीको अफिसमा पुर्‍याउला भनेर साथीहरु डरा’एका थिए ।

बरु भगवान दाइ तपाईं आफै जानु भने । म गएँ । मैले उसँग नम्र भएर माफ मागें । अंग्रेजी र अरबिक मिसाएर ‘आना नफर जदिद, सुनु मुस्किला कुल्लु नफर माफी मालुम, आना कलाम सदिक, माफी इन्त फेमिली, सरी बोस’ भन्दै जे कुरा भएको हो स्पष्ट पार्न खोजें । त्यति गर्दा पनि गा’ली गर्न छाडेको छैन । कुन देशको हौ भनेर सोध्यो । नेपालका हौं भनें ।

भन्न त त्यसले तिमीहरुलाई पुसिसमा क’म्प्लेन गर्छु भन्दै थियो । त्यसदिन पछि छतमा जाने ढोकामै चाबी लगाएर बन्द गर्‍यौं । छतमा जान नै बन्द भयो । केही पर अलखोर मार्केट थियो । खासै टाढा नभएकाले हामी सपिङ्ग गर्न पैदल नै जान्थ्यौं । तर बाटोमा अरबिकका ८/१० वर्षका बद’मास छोराहरुले बाटोमा हामीलाई देखेपछि ढुंगा टि’पेर हा’न्न थाल्थे ।

तिनीहरुलाई समातेर एक प’ट्को लगाउँ भन्दा आफ्नो बाउआमालाई कुरा लगाउला भन्ने ड’र थियो । उनीहरुलाई केही भइहाल्यो भने हाम्रो फिंगर प्रिन्ट आउँछ र फेरि अर्को लफ’डा लागेर कतिन्जेल जे’ल बस्नु पर्ने हो । यस्तै ड’र’ले उनीहरुलाई टाढैबाट ह’प्काउँ’दै आउजाउ गथ्र्यौं । अरबमा यस्ता कुरामा हाम्रो सुनुवाई हुँदैन ।

निर्दोष हुँदा हुँदै पनि भाषा नमिलेकै कारण जे’ल परेका कुरा सुनेकाले हामी उनीहरुको नजिक खासै पर्दैनथ्यौं । त्यसैले अरबी देशहरुमा आउने साथीभाइले यस्ता कुरामा निकै हो’सियार हुनुपर्ने रहेछ । उज्यालो अर्काईभ बाट/ तस्वीरहरु सांकेतिक रुपमा प्रयोग गरिएको/ गुगल

Leave a Reply

error: Please Dont Copy My Content!! !!