Monday, October 26, 2020
Home > जीवनशैली > पोखरीमा डुबेको ७ घण्टापछि जिवित्तै निस्किइन यी किशोरी, देवीको रुप भन्दै हेर्नेको घुइचो

पोखरीमा डुबेको ७ घण्टापछि जिवित्तै निस्किइन यी किशोरी, देवीको रुप भन्दै हेर्नेको घुइचो

सप्तरी। सप्तरीकी एक किशोरी पोखरीमा डुबेको सात घण्टापछि जिवित्तै बाहिर निस्केपछि जिल्लाभरि चर्चामा छिन् । जिल्लाको बलानबिहुल गाउँपालिका वडा नम्बर ६ रौतहटकी १४ वर्षिया मुनचुनकुमारी दास पोखरीमा डुबेको सात घण्टापछि जिवितै बाहिर निस्किएकी हुन् ।

गाउँकै जागेश्वरी जनता मावि कक्षा ८ मा अध्ययनरत मुनचुन कुमारी फूल टिप्न बिहीबार दिउँसो ४ः३० बजे तिर पोखरीमा पस्दा बेपत्ता भएकी थिइन् । साथीहरुसँग पोखरी नजिकै घाँस काट्न गएकी मुनचुन पोखरीमा एउटा मनमोहक फूल फुलेको देखेपछि घाँस काट्न छाडेर पोखरीमा पसेकी थिइन् ।

फूल नजिकै पुगेपछि अचानक उनी डुबेर बेपत्ता भईन् । सोबारे खबर पाउनासाथ प्रहरी र गोताखोरहितको टोली पुगेर सातघण्टासम्म खोजतलास गरेपनि उनी फेला नपरेको वडा अध्यक्ष सूर्यनारायण दासले बताउनुभयो ।

रात परिसकेकाले भोली बिहान पुनः खोजतलास गर्ने सल्लाह गरि फर्किन लाग्दा एक्कासी मुनचुनको चिच्याएको आवाज सुनेको र फर्किदा पूरै शरीर भिजेको र रोइरहेको अवस्थामा उनी फेला परेको वडा अध्यक्ष दासको भनाई छ ।

किशोरीले फूल टिप्न आफू पोखरीमा पसे लगत्तै एक जना बाबा जस्तो देखिने बृद्ध व्यक्तिले कपाल तानेर भित्र लगेको र धेरै रोई कराई गरेपछि सात घण्टापछि पोखरीको डिलमा ल्याई छाडिदिएको सुनाईन् । किशोरको बयानपछि उनलाई हेर्न र देवी मानी पूजा गर्नेको अहिले गाउँस्थित ठाकुरबाबा मन्दिरमा ठूलो भिड लागेको छ ।

गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले यो ऐतिहासिक मन्दिर र पोखरीमा बिहीबार भएको घटनाले सबैलाई चकित पारेको बताउनुभयो । घटनाबारे चासो देखाउँदै शनिबार घटनास्थल पुगेका प्रदेश २ का सभासदस्य गोबिन्द न्यौपाने र पूर्व सिंचाई मन्त्री उमेश यादवले पनि उक्त घटनालाई यहाँका जनताले दैविक शक्ति मानेको बताउनुभयो ।

कोरोनाको जोखिमका बीच धार्मिक आस्थाका आधारमा भिड उर्लिएपछि त्यसलाई व्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताउनुभयो ।चिकित्सकहरुले भने यस्ता कुरालाई स्वास्थ्य विज्ञानले नस्विकार्ने बताइरहेका छन् ।

गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेनट डा रन्जित झाले सात÷आठ घण्टा अक्सिजन बिना मानिस बाच्न नसक्ने बताउँदै आफूहरुलाई यस्ता कुरामा विश्वास नरहने जिकिर गर्नुभयो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!