Thursday, October 29, 2020
Home > समाचार > ह्वात्तै घटे आज उपत्यकामा कोरोना संक्रमित

ह्वात्तै घटे आज उपत्यकामा कोरोना संक्रमित

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९७१ नमूना परीक्षणमा थप ८८४ जना संक्रमित भएको जानकारी दिएका हुन् ।

यसअघि शुक्रबारको तथ्यांकानुसार नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको थियो । त्यस्तै शनिबार उपत्यकामा कोरोना संक्रमित ह्वात्तै घटेका छन् । शुक्रबार उपत्यकामा ४१५ जना संक्रमित भेटिएकोमा शनिबार सो संख्या घटेर १८६ जनामा सीमित भएको हो । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जनामा गरी जम्मा १८६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यसअघि शुक्रबार काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा संक्रमण पुष्टि भएको थियो । हाल उपत्यकामा कोरोना नियन्त्रणकै लागि निषेधाज्ञा जारी गरिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!