Wednesday, December 2, 2020
Home > समाज > बुवाको निधन, २ वर्षिय छोराको उपचार गर्ने पैसा नभएपछि आमा पनि अस्पतालमा अलपत्र छाडेर हराइन्

बुवाको निधन, २ वर्षिय छोराको उपचार गर्ने पैसा नभएपछि आमा पनि अस्पतालमा अलपत्र छाडेर हराइन्

प्युठानमा एक बच्चाको उपचार अभावमा बिचल्ली भएको छ । उनको बाबाको निधन भइसकेपछि हुर्काउँदै आएको बच्चा बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ । तर उपचार गर्ने पैसा नभएपछि उनको आमाले पनि बच्चालाई अस्पतालमै छोडेर हिडेकी छन् । बच्चालाई अस्पतालमा भर्ना गराएपछि उनको आमा अहिले सम्पर्क विहिन भएकी छन् । छोराको उपचार गर्न नसकेर अस्पताल बाटै आमा हराएपछि २ बर्षका बच्चाको अस्पतालमै बिचल्ली भएको हो ।

उनलाई उच्च ज्वरो आई प्यूठान विजुवार जिल्ला अस्पताल अन्तरंग विभागको बेड नम्बर २ मा भर्ना गरिएको छ । उनी अ’चेत अवस्थामा छन् । अहिले उनलाई लक्ष्मी नाम गरेकी एक महिलाले हेरचाह गर्दै आएकी छन् । उनी बालकको आफन्त पर्छिन । उनले नै बच्चालाई अस्पतालमा कुरेर बसेकी छन् । डाक्टरहरुका अनुसार भेन्टिलरमा राखेर थप उपचार गर्न सुबिधा सम्पन्न अस्पताल पठाउनुपर्ने भनिएको छ ।

आर्थिक तथा भौतिक समस्या भएकाले उपचार हुन सकेको छैन । कृपया सहयोगी मनहरुका लागी यो हार्दिक अनुरोध हो भन्दै पत्रकार तथा सामाजिक अभियन्ता दिल निसानी मगरले फेसवुक मार्फत आग्रह गरेका छन् ।

उनले बच्चाको तस्बिर फेसवुकमा राखेर सहयोगका लागि अपिल गरेका छन् । उनको पछिल्लो फेसवुक स्टाटसमा बच्चालाई थप उपचारका लागी शुक्रवार बिहानै बुटवल लगिएको उल्लेख छ । ईशा गुरुङजीले सहयोग गरेको १० हजार रुपैयाले उनलाई वुटवल लैजान सफल भएको जनाइएको छ । थप उपचारका लागि अरु सहयोग आवश्यक भन्दै सहयोग गर्न चाहनेहरुलाई सम्पर्कका लागि फोन नम्बर पनि दिइएको छ । थप सहयोगका लागी सिधा सम्पर्क पत्रकार मित्र हरी भण्डारीजीको मोबाईल नं ९८५७८३३७६६ भन्दै उनले सहयोग मागेका छन् ।

भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ***

Leave a Reply

error: Please Dont Copy My Content!! !!